बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

घट्दै सुनको भाउ : आज पनि ४ सयले घट्यो

शुक्रबार, २६ जेठ २०७४, ११ : ३६
शुक्रबार, २६ जेठ २०७४

काठमाडौं, जेठ २६–नेपाली बजारमा सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा २ सय रुपैयाँ घटेको सुनको भाउ आज भने तोलामा ४ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज वजारमा सुन तोलाको ५५ हजार रुपैयाँमा कारोवार भइरहेको छ । अघिल्लो दिन सुनको भाउ तोलाको ५५ हजार ४ सय रुपैयाँ थियो ।

यस्तै, बजारमा आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी आज तोलाको ७ सय ७० रुपैयाँमा कारोवार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप