अधिकारका लागि निरन्तर लडिरहेको एउटा गोर्खालीको सङ्घर्ष यात्रा
गणेश लम्साल
सीके श्रेष्ठ ७५ भारत पश्चिम बङ्गालको दार्जिलिङ जिल्लाका बासिन्दा हुन् । हाल सिलिगुडीमा बसोवास गरिरहेका उनी नाटकार, नाट्य कलाकार निर्देशक मात्र नभएर पत्रकार, गीतकार, साहित्यकारदेखि भारतमा रहेका नेपालीहरुको मुक्त्ति आन्दोलनका लागि राजनीतिक आन्दोलनका सचेतक पनि हुन् । भारतको राष्ट्रिय नाट्यभूषण पदकबाट विभूषित उनी भारतमा नेपालीहरुको अधिकार प्राप्तिको आन्दोलनमा पनि उत्तिकै सकृय छन् । नेपाली भाषा आन्दोलनमा दार्जिलिङ, कालेबुङ, असामलगायतका क्षेत्रमा गाउँगाउँमा गएर उनले नाटक प्रदर्शन गरी नेपाली भाषा र गोर्खाहरुको मुक्त्तिका लागि जागरणको दियो बाल्ने काम गरेका छन् । लामो जागरण योगदानकै कारण उनी भारतीय नेपालीहरु (गोर्खा)हरु माझ श्रद्धेय पनि मानिन्छ । अगुवा सचेतकमा पनि गनिन्छन् । परिवर्तनको आफ्नो यात्राबारे अभियानकर्मी अगुवा सीके श्रेष्ठ बेलिबिस्तार यसरी लगाउँछन् :
कालेबुङमा शिक्षा म कालेबुङमा जन्मेहुर्केको मान्छे । स्कुले जीवनमा कालेबुङमा त्यो बेला भित्रेपत्रिका निकाल्थ्यौँ । यसैले साहित्यतिर रुचि र सङ्गत बढदै गयो । साहित्यिक कार्यक्रममा भाग लिन थालियो । नेपाली हिन्दी दुवै भाषाको साहित्यमा रुचि बढ्यो । म स्कुल लेभलबाटै नाटकमा रुचि राख्थेँ, भागलिन्थेँ । कलेज लेभलमा पनि त्यो सकृयता कायमै रह्यो । अझै बढेर गयो । पढिसकेपछि म नोकरी चाकरीमा कहिल्यै फसिन । किन हो मलाई पैसा र जागिरतिर कहिल्यै मन गएन । म सानैदेखि समाजिक दायित्व बोध गर्थें । पढेपछि अझै दायित्व बोध भयो र समाजका लागि केही गर्नुपर्छ भन्ने लाग्यो । म परिवर्तनतको अभियानमा हिँडे हिँडिरहेँ । कहिले आन्दोलनको अगुवा बनेर त कहिले साहित्यकार र नाटककारक बनेर । अहिले पनि निरन्तर मुक्ति यात्रामा लागिरहे लागिरहेको छु ।
श्रीमतीको सहयोग सह्रानीय म सम्पत्ति आर्जन नगर्ने फिरन्ते स्वभावको मान्छे । तर मैले अरुले जस्तो परिवारबाट घृणा र तिरष्कार भोग्नु परेन । मेरो घरपरिवार पनि शिक्षित भएकाले सहानुभूति पाइरहेँ । पछि मलाई श्रीमती पनि सचेत भएकाले होला आर्थिक सङ्कट खासै परेन । बिहेअघि घरपरिवारबाट सहयोग भयो । बिहेपछि म सधैँ श्रीमतीकै कमाइमा बाँचेँ । उनकै क्वाटरमा बसेँ । अहिले पनि बसिरहेको छु, बाँचिरहेको छु । मैले जे जति गरे समाजकैलागि गरे र गरिरहेको छु । पैसाको लोभलालचमा कहिल्यै फसिन । फस्दिन ।
ड्राइभर भएपछि नाटककार मैले जीवनको कालखण्डमा दुग्ध सहकारीको ट्रक पनि चलाएँ । कालेबुङका गाउँ गाउँबाट दुघ सङ्कलन गरेर तराई जलफाइगुडितिर ल्याउँथे । केही वर्ष चालक बने तर त्यसले निरन्तरता पाएन । जव मैले गाउँ गाउँ गएर दूघ सङ्कलन गर्न थालेँ तब समाजको तल्लो वर्गसँग प्रत्यक्ष संवाद गर्ने मौका पाएँ । तब मैले बुझेँ गाउँमा धेरै सशक्तीकरणको आवश्यकता छ । गोर्खाहरुको मुक्ति र नेपाली भाषाको पहिचानका लागि चेतनाको दियो बाल्न आवश्यक छ । अनि मैले थप बुझेँ, यो नाटकबाट मात्र सम्भव छ । अनि म नाटक लेख्न, खेल्न र खेलाउन थालेँ । समाज के अवस्थामा छ भन्ने बुझ्न सबैभन्दा तल्लो तह नै सत्य हुन्छ । त्यो नै तथ्य हो ।
नाटक माध्यम मात्रै म नाटककै लागि नाटककार भएको हैन । म नाटकबाट गाउँगाउँमा नेपालीहरु माझ चेतना जगाउन नाटककार भएको हुँ । नाटकबाट सशक्तीकरण गर्न सकिन्छ भन्ने मेरो ठहर थियो । यसैले नाटकलाई माध्यम बनाएँ । म नाट्यकर्मी भनेर चिनिने कारण नाटक आफैले लेख्ने, खेल्ने र खेलाउने गरेकाले मात्र हो । मेरो भित्री चाहना गोर्खाहरुको मुक्ति र नेपाली भाषाको पहिचानलाई जोगाउनु थियो । साँचो अर्थमा म नाटककारभन्दा पनि परिवर्तनका लागि अधिकारको अभियन्ता थिएँ र अहिले पनि त्यही हुँ ।
नाटकका बान्कीहरु मैले सन् १९७७ मा ‘अनि भाले मुङ्ग्रो रुन्छ’ भन्ने नाटक लेखेर प्रदर्शन गरेँ । यो भारतका विभिन्न प्रान्तमा एघार वर्षसम्म चल्यो । यो पुरानो शैलीको नाटक थियो ।
मैले नाटकलाई समानुकुल बनाउन बनारसबाट नाट्य उस्ताद मोतीलाल गुप्तालाई गुरु बनाएर कालेबुङ बोलाएँ । उनकै सहयोगले खुल्ला नाटक गर्न थालियो । जसलाई हामी सडक नाटक र अङ्ग्रेजीमा थर्ड नाटक पनि भनिन्थ्यो । भारतमा सडक नाटक वामपन्थीहरुले मात्र खेल्छन्, खेलाउँछन् भन्ने बुझाइ थियो । त्यो आरोपबाट हामी पनि मुक्त हुन सकेनौँ । तर आरोप जे भए पनि हामीले गाउँगाउँमा मुक्ति र पहिचानका लागि जागरणको दियो सल्काउनु थियो । यसैले आरोपको पर्वाह नगरी निरन्तर लागिरह्यौँ ।
सडक नाटकपछि हामीले चौथो थिएटरको सुरुआत गर्यौँ । चौथो थिएटरमा हामीले नाटक सशुल्क हलभित्र देखाउन थाल्यौँ । ‘ऐनामा हेर्दा रामसाइली’ सन् २००तिर प्रदर्शन गर्यौ । यसले गोर्खा आन्दोलनलाई धेरै प्रेरणा दियो । सन् १९८० तिर ‘भद्रेको टोली गठन’ गरेर हामीले नाटक प्रदर्शन थालेका थियौँ । भद्रे भनेको मेरो नाटकका एक मुख्य पात्र हुन् । मेरा जुनसुकै नाटकमा उनी हुन्छन् । भद्रे अर्थात भद्रबहादुर लामिछाने पात्र जो साधारण निम्न वर्गीय परिवारको पात्र हो । मैले यही पात्रलाई लिएर दुई दर्जन नाटक लेखेर प्रदर्शन गरिसकेको छु ।
आसामको थिएटरमा तालिम
नाट्य क्षेत्रमा धेरै प्रगति भएको भनिएको भारतको आसाममा हो । त्यहाँ सिनेमाभन्दा पनि थिएटरलाई महत्व दिइन्छ । मानिसहरु सिनेमाभन्दा थिएटर हेर्न रुचाउँछन् । कलाकारहरु सिनेमामाभन्दा पनि थिएटरमा खेल्न बल गर्छन् । त्यहाँ क, ख, ग वर्गका थिएटर छन् । कलाकारहरु पनि सोही अनुसार हुन्छन् । एउटा थिएटर महिनौँसम्म चल्छ । एक सिजनमा चारवटा सम्म नाटक एउटा थिएटरमा चल्छ । कलाकारहरुले प्रशस्त सेवा सुविधा पाउँछन् । प्रचारप्रसार पनि भव्य गरिन्छ । आसामी थिएटरको चर्चा औधी थियो ।
यसैले म पनि नाटकबारे बुझ्न र थप तालिम लिन असाम गएँ । त्यहाँ थिएटरमा भर्ना भएर काम सिकेँ । त्यसपछि फर्केर आफैले मोबाइल थिएटर संरचना तयार पारेँ । यसका लागि हामी पँैतीस जनाको टोली तयार भयौँ । गाउँमा गएर नाटककालागि थिएटर बनाउन थालेपछि मानिशहरु सोध्थँे–‘अनि दोज्यु खेल्ने कलाकारहरु चाहिँ कहिले आउँछ नि त हो ? तर हामी नै कलाकार हुन्थ्यौँ, पछि नाटक हेर्दा उनीहरु छक्क पर्थे । हामी सबै काम आफै गथ्र्यौं । असमबाट फर्केपछि मैले ‘सलाम रेलीमाई’ भन्ने नाटक ७५ सोसम्म चलाएँ । सन् २००९ मा हामीले पूर्णाङ्की नाटक ‘अन्धाहरूको राम कहानी ’Õजस्ता नाटक पनि गर्यौ । पछि हाम्रा कलाकारहरुलाई असामको लालीगुराँस थिएटरले हायर गरेर लग्यो । त्यसपछि चाहिँ नाट्य यात्रालाई निरन्तरता दिन सकिएनँ ।
उडिसामा राष्ट्रिय नाट्य भूषण उपाधि मैले नाटकमा सबैखाले शैलीमा काम गर्ने अनुभव सँगाल्ने मौका पाएको छु । यसैले सन् २००६ मा उडिसामा भएको नाट्यकर्मीहरुको प्रतियोगिताबाट मैले नाट्य भूषणको उपाधि पाएँ । मैले सन् २००४ बाट गाउँगाउँबाट आफै नेपाली सिल्पीहरु बटुलेर नाट्य कार्यशाला पनि चलाएँ । कार्यशालाबाट तीन सय जति शिल्पीहरु उत्पादन भएका थिए । सबै कलाकार त बन्न सकेनन् तर प्रभावकारी नाट्य प्रचारक चाहिँ भए । उनीहरु समाज सुधारक बन्न सफल भए ।
नाटकर्मीहरु समाज सुधारक हुन् नाटक र नाट्यकर्मीहरु मात्रै मनोरन्जनकर्ता वा मनोरन्जनका लागि मात्र हैनन् । उनीहरु व्यावसायिक कलाकार मात्र पनि हैनन् । समाज सुधारक पनि हुन् । मैले आफ्नो नाट्य यात्राको अभियानबाट यही सिकाइ पाएको छु । अहिलेसम्म सही नाटकको परिणाम नकारात्मक पाएको छैन । मलाई नाट्य यात्रामा लागेपछि धेरैले गाली गरे । ठूलो मान्छे बन्न छाडेर आँगन आँगन चहारी हिँडछ भनेर पनि गाली गरे । तर मैले कहिल्यै हरेस खाइन । आफ्नो नाट्य यात्रामा निरन्तर लागिरहेँ ।
तृष्णापछि सिनेमाबाट वितृष्णा मैले नेपाली फिचर फिल्म तृष्णा पनि लेखेँ । सबै गीत मैले नै लेखेको हुँ । कलाकार मुरलीधर र निर्देशक उगेन छोपेलको आग्रहले मैले तृष्णको कथा पटकथा र गीत लेखेको थिएँ । त्रिकोणात्मक प्रेम कथामा आधारित सिनेमा सफल पनि भयो । तर मलाई चाहिँ तृष्णापछि सिनेमाप्रति वितृष्ण जाग्यो । हामी नाट्यकर्मी अभियन्ताहरुको कमर्सियल सिनेमासँग तालमेल मिल्दोरहेनछ । यसैले मैले फेरि आग्रह आए पनि फिल्म लेखनमा रुचि देखाइन । आजकल प्रणामी धर्मसम्बन्धी जागरण सिरियल पनि पनि निर्माण गरिरहेको छु ।
४० वर्षपछि प्रणामी म ४० वर्षसम्म मंसाहारी थिएँ । मैले प्रणामी घरमा घरजम गरेको हुँ । मलाई ससुराली पक्षले पहिलेदेखि नै प्रणामी बन्न सुझाव दिन्थे । तर मैले गहन अध्यन गर्न पाएको थिएँन । पछि मोरङको सलकपुर भन्ने ठाउँमा पण्डित हेमकर्ण शास्त्रीसँग डेढ महिना सँगै बसेर दीक्षा लिएपछि मैले प्रणामी धर्म ग्रहण गरेको हुँ । उनीसँग एउटै कोठामा बसेर मैले प्रणामी धर्मबारे धरै जान्ने, बुझ्ने र दीक्षा लिने अवसर पाएको हुँ । ईश्वरे अल्लाह तेरे नाम सबको सोमती दे भगवान भनेर महात्मा गान्धीले त्यसै भजन लेखेका होइन रहेछन् । तर प्रणामी धर्ममा पनि धेरै विकृति छन । सबै धर्म खराब हुँदैनन् तर त्यसलाई खराब बनाइँदोरहेछ । यसैले धर्मको जागरण अभियानमा लाग्न थालेको छु ।
भारतीय गोर्खा परिसङ्घमा प्रवेश म जागरण अभियानका लागि नाट्य यात्रा लिएर दार्जिेलिङका गाउँगाउँमा थिएँ । सन् २००५ मा मलाई भारतीय गोर्खा परिसङ्घमा आएर जिम्मेवारी सम्हाल्न दबाब आयो । किनभने परिसङ्घ नेतृत्वविहीन भइसकेको थियो । तैँले नसमाले अब संस्थालाई कसले सम्हाल्छ भनेर दबाब बढ्यो । मलाई पनि लाग्यो, परिवर्तनको आन्दोलनलाई निभ्न दिनुहुँदैन । यसैले म परिसङ्घको कार्याकारिणी भएर भारतका नेपालीहरुको मुक्त्ति आन्दोलनमा सकृय रुपले सहभागी बने । अझै बनिरहेको छु । म भारतमा रहेका अल्पसङ्ख्यक नेपालीहरु (गोर्खाहरु) ले जातीय राज्य मागेर मुक्ति पाउन सक्दैनन् बरु त्यसको सटा भारतमा बस्ने सबै नेपालीभाषीहरुको एउटा संयुक्त छाता बनाउनुपर्छ भनेर Õसेटेलाइट फेडरलिज्जमÕ अर्थात गैरभौगोलिक सङ्घीयताको पक्षमा लागेको हुँ । मलाई लाग्छ यो नै हामी गोर्खाहरुको मुक्तिको उपाय हो । अल्पसङ्ख्यकहरुको अधिकार सुनिश्चित हुने मार्ग हो । तर जातिवादी राजनीति गर्नेहरुले अझै यसबारे बुझ्न चाहिरहेका छैनन् र बुझेकाहरुले बुझ पचाइरहेका छन् । म निरन्तर यसका लागि पनि जागरण अभियानमा छु । किनभने आधुनिक भारतका निर्माणकर्ता गोर्खालीहरु पनि हुन् । उनीहरुमाथि भारतले न्याय दिनुपर्छ । किनभने हामी गोर्खाहरुले भारत निर्माणका लागि ज्यान अर्पण गरेका छौँ । जीवनको आहुती दिएका छौँ । आधुनिक भारतलाई बनाउन रगत पसिना खर्चेका छौँ । अर्को के पनि हो भने जब सुगौली सन्धि भयो, त्यो बेला नेपालबाट टुक्रिएका हामी नेपालीहरु भारतमै थियौँ । कतै बाहिरबाट आएका थिएनौँ । यसबारे जागरण गराउन मैले आधुनिक भारतको इतिहास विभिन्न पत्रपत्रिकाबाट लेखेर बुझाउँदै पनि आएको छु । किनभने आधुनिक भारतको मानचित्रले प्रस्ट भन्छ– ‘त्यो बेला बृहत हिन्दुस्तान थिएन, भारत स्वतन्त्र भएपछि मात्र भारत बृहत बनेको हो । यसैले आधुनिक भारतमा सबैको अधिकार सुनिश्चित हुनुपर्छ ।
यसैले बनाउनु पर्यो मनै त हो नि डीभीडी
विसं २०७२ सालमा सबैतिर चिच्याहट मात्र थियो । सबै रुने मात्र भए । जता गयो त्यतै रोदन नै रोदन देखापर्यो । लौ सबै समाप्त भयो । लौ देश खत्तम भयो । लौ केही गरी अब नेपाल उठ्न सक्दैन । नेपालीहरु बाँच्न सक्दैनन् । सबै ध्वस्त भयो । सुन्दर हिमालयको देश खण्डहरमा फेरियो । जताततै यस्तै दृश्यहरु देखिन सुनिन थाले । समाचारहरु लेखिन पढिन थाले । गीत कविता पनि यस्तै लेखिन थाले । टेलिभिजन र रेडियोका कार्यक्रम र वृत्तचित्रहरु पनि यस्तै मात्र बन्न थाले । यहाँसम्म कि आँट दिने मान्छेहरु पनि आफै रुन थाले । चर्चित कलाकारहरुले हौसला दिनुपर्ने थियो । तर उनीहरु पनि रुन थाले । सबै निराश बने । रोगी जस्ता भए । संसार हल्लाउने नेपालीहरु होस गुमाएर परर्भिर भए ।
‘हैट यो त सारै भएन, के साँच्चै देश खत्तम भएकै हो त ? के अब नेपालीहरु कहिल्यै उठ्न सक्दैनन् त ? के वीर नेपालीहरुले अब सधैँका लागि हरेस् खाएकै हुन् त ? के विश्व हल्लाउने नेपालीको जीवन अब रोएरै मात्र बित्ने भो त, के विश्वमा वीर भनेर कहलिएका नेपालीहरु अब काँतर भनेर चिनिने भए त ? के आपत्तको बेला आफै हामी नेपालीहरु सम्हालिन सक्दैनौँ त ?
लौ यो त सारै भएन । कोही न कोही त निस्कनै पर्छ आपत परेका बेला सम्हाल्ने अभिभावक । ‘एई नरो, आँट गर मुला लाछे । हरेस खान्छस्, हिम्मत छैन तेरो । वीर गोर्खाली भएर काँतर हुन्छस् ? भनेर गाली गर्दै कसैले न कसैले त सम्झाउनै पर्छ । धर्तीलाई थर्काउने सहासी नेपालीहरुले काँतर भएकै हैन साहसी हुनुपर्छ । देश विपतमा परेको बेला विश्व हल्लाउने नेपालीले अब आफूलाई सम्हाल्नपर्छ र अरुलाई पनि सहयोग गर्नुपर्छ । यसैले उनले सोचे– उठनलाई त दह्रो मन मात्र भए पुग्छ । नेपालीहरुको मन साह्रै दह्रो हुन्छ । विपत् परेका बेला अन्य देशमा रोएर धेरै माग्ने बनेको, दाताका अगाडि रोइकराई गरेर मागेको उनले धेरै हेरे देखेका छन् । तर जस्तोसुकै दुःख भए पनि वीर नेपालीले मागेको देखेका छैनन् । उनलाई थाहा छ, नेपालीले कतै मागिहाले पनि ‘धत् तँ नेपाली भएर माग्ने, नेपालीको बेइज्जत गर्ने भनेर नेपालीहरुले नै गाली गर्ने गरेका छन् । नेपाली बरु एक छाक भोकै बस्छ तर मागेर खाँदैन । अरुलेजस्तो रुँदैन । विपत्तिका बेला पनि मुस्कुराउँछ । हो, नेपालीको धैर्यता र मुस्कानको कारण हो उसको दह्रो मन । त्यो बेला मलाई लाग्यो डराएको मनलाई जगाउन सके त नेपालीहरु रुन छाडेर आफ्नो देश आफै बनाउन जुटिहाल्छन् । वीर नेपालीहरु हरेसबाट मुक्त हुन्छन् । अनि मैले जुक्ति निकालेँ, आफनो सम्पर्कमा भएका कलाकारहरुको सहयोगमा डीभीडी निकाल्ने र उनले साङ्गीतिक डीभीडी ‘मनै त हो नि’, बनाए र त्यसलाई इन्टरनेटमा पनि हाले । उनलाई लाग्यो रोदनका बेला त्यसले धेरै हदसम्म निरासालाई चिर्ने काम गर्यो । नेपालीहरुलाई निरास बन्न हैन, हिम्मत गर्न बल पुर्यायो । भारतमै बसेर भए पनि पनि उनले उक्त डीभीडी मार्फत सन्देश दिए । मन दह्रो बनाएमा सबै सम्हालिन सकिन्छ । देश खत्तम भएको छैन । कत्रा कत्रा समस्या पार लगाउने नेपाली विनाशका बेला आत्तिँदैन । मन भए जत्ति पनि उठन सकिन्छ । फेरि नेपाल बनाउन सकिन्छ । आखिर उठनलाई चाहिने त मनै त हो नि ।
सलिगुडी, दार्जेलिङखबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण