बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

निर्वाचन असार १४ पुग्नु नै गणतन्त्र असफलतातिर : चित्रबहादुर केसी

शुक्रबार, २६ जेठ २०७४, १२ : १४
शुक्रबार, २६ जेठ २०७४

काठमाडौं, जेठ २६ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न अझै समस्या रहेको भन्दै गणतन्त्र अप्ठ्यारोमा परेको बताएका छन् ।

आजको व्यवस्थपिका संसद बैठकमा बोल्दै नेता केसीले विगत दश बर्षमा १० जना प्रधानमन्त्री बनाएबाटै नेपाल अस्थिर छ भन्ने पुष्टि भएको बताए । स्थानीय तहको निर्वाचन असार १४ मा पुग्नु नै गणतन्त्र असफलतातिर गएको दावी समेत गरे ।

नेता केसीले प्रधानमन्त्रीमा शेरबहादुर देउवा नयाँ नभएपनि चुनौति धेरै रहेको भन्दै जसका लागि संविधान संशोधन गरिएको छ त्यहि शक्तिले चुनावमा भाग लिदैनौ भनिरहेकाले उनीहरु संघीयता चाहादैनन भन्ने प्रश्ट भएको बताए । उनले संविधानका विषयमा विरोध गर्ने र सरकार गठनमा मतदान गर्न आउने राजपा नेताहरुको भुमिका अत्यन्त शंकास्पद रहेको धारणा राखे ।

केसीले चुनावको विरोध गर्ने शक्तिले संघीयताबाट जनताले पाएको अधिकार खोस्नुपर्छ भन्न खोजेको त हैन भनेर प्रश्न गरे । उनले प्रधानमन्त्री शेरबहादुर देउवा सामु तीन तहको चुनाव गर्ने र राष्ट्रियता मजबुत बनाउने चुनौती रहेको भन्दै सरकारले गर्ने राम्राकामका लागि सहयोग जनमोर्चाले जहिल्यै सहयोग गर्ने बताए ।

संसदमा राजपा नेपालका नेताहरुले आफ्नो पार्टीसँग सरकार र राजनीतिक दलहरुले गरेको सहमति कार्यन्वयन नगरेसम्म राजपा स्थानीय तहको चुनावमा सहभागि हुन नसक्ने बताए । संसद बैठक जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप