बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वीपी राजमार्गमा टाटा सुमो पुलबाट खस्यो, एकजनाको घटनास्थलमै मृत्यु

शुक्रबार, २६ जेठ २०७४, १३ : १०
शुक्रबार, २६ जेठ २०७४

काठमाडौं, जेठ २६ – वीपी राजमार्ग अन्र्तगत सिन्धुलीको गोलनजोर गाँउपालिका–७ स्थित भालुखोलामा टाटा सुमो दूर्घटना हुँदा सवारी चालकको घटनास्थलमै मृत्यु भएको छ । चालकको नाम खुल्न सकेको छैन भने ७ यात्रु मध्ये एकजना गम्भिर र अन्य सामान्य घाइते भएका छन् ।

काठमाडौंबाट दोलखा जाँदै गरेको अरनिको सेवा समितिको ना १ ज ४९३५ नम्बरको टाटासुमो दुर्घटनामा परेको हो ।

मध्यान्न सवा १२ बजे भालुखोलाको पुलबाट टाटासुमो खसेको थियो । तीब्र गतिका कारण पुलबाट टाटासुमो खसेको हुन सक्ने प्रहरीले जनाएको छ । घाइतको उद्दार गरी अस्पताल पठाउन लागिएको खुर्कोट प्रहरी कार्यालयका हवल्दार सरोज पाठकले जानकारी दिए ।

दूर्घटना लगतै अन्य सवारी साधनका यात्रुहरुले घाइतेको उद्धार गरेको इन्जिनियर प्रविण कुमार ठाकुरले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप