बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दलबल सहित रातोघर हेर्नपुगे एमाले अध्यक्ष केपी ओली

शुक्रबार, २६ जेठ २०७४, १३ : १६
शुक्रबार, २६ जेठ २०७४

काठमाडौं, जेठ २६ –नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘रातो घर’ हेरेका छन् । बिहिबार कमलपोखरीस्थित बिग म्युभिजमा पुगेर उनले सो चलचित्र हेरेका हुन् ।

गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र हेर्न उनको साथमा पत्नी, पूर्वसभामुख सुवास नेम्वाङ, भीम रावल, योगेश भट्टराईलगायतका नेता समेत सहभागी थिए । चलचित्रका निर्माता समेत रहेका अभिनेता विल्सनविक्रम राई (तक्मे बूढा)को निम्तोमा एमालेका नेताहरु चलचित्र हेर्न पुगेका हुन् ।

सबै पार्टीका नेताहरुलाई चलचित्र हेर्न बोलाए पनि एमाले बाहेकका नेताहरु नआएको निर्माता राइले बताए ।

झापाको आसपासका स्थानमा खिचिएको चलचित्र रातोघर एमाले अध्यक्ष ओलीले पुरै हेरको राइले जानकारी दिए । उनले भने ‘चलचित्र राम्रो रहेछ भन्दै मलाई बधाई समेत दिनु भयो ।’

सुरज सुब्बाको निर्देशनमा बनेको रातोघरले सानातिना डन बनेर झुन्डमा हिँड्ने केटाहरुको कथा उठाएको छ । विल्सनका अलवा संयम पुरी, मेनुका प्रधान, गौरव पहारी, अनुराग कुँवर, भानुप्रतापलगायतको चलचित्रमा अभिनय रहेको छ । चलचित्रले पहिलो साताको केही दिन राम्रो ब्यवसाय गरेपनि त्यसपछि भने सन्तोसजनक ब्यवसाय गर्न सकिरहेको छैन ।

सोचेअनुसार ब्यवसाय नभएपछि निर्माण पक्षले बिभिन्न दलका नेताहरुलाई चलचित्र हेराएर चर्चाको बिषय बनाउने गरेका छन् । चलचित्र रातोघर युनिटले सोही बाटो रोजेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप