बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

देउवालाई नेम्वाङको प्रश्न : दलहरुलाई एक ठाउँमा ल्याउन के प्रयास हुँदैछ ?

शुक्रबार, २६ जेठ २०७४, १३ : १९
शुक्रबार, २६ जेठ २०७४

काठमाडौं, जेठ २६ – एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले निरंकुशताविरुद्ध लडेका दलहरुलाई एक ठाउँमा ल्याउन र राष्ट्रलाई एकीकृत गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

व्यवस्थापिका संसदमा शुक्रबार उनले भने ‘विगतमा निरंकुशताका विरुद्ध आन्दोलन गरेका दलहरु अहिले छिन्नभिन्न भएका छन् । यसरी दलहरु छिन्नभिन्न हुँदा सफलतामा पुग्न सकिँदैन, त्यसका लागि प्रधानमन्त्रीले के कस्तो प्रयास गर्दै हुनुहुन्छ ?’

प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाई दिदै मन्त्रिमण्डलाई चाँडै पूर्णता दिन र महिला जनजातीलाई पनि समेट्न आग्रह गरे ।

उनले सत्तापक्षले प्रतिपक्षलाई संविधान संशोधन विधेयकदेखि अन्य विधेयकका बारेमा कुनै परामर्श नै नगरेर वेवास्ता गर्दा आजको अवस्था आएको भन्दै आगामी दिनमा सहकार्यमार्फत अघि बढ्न सरकारलाई सुझाव दिए ।

त्यस्तै उनले संविधान कार्यन्वयन र तीनै तहको निर्वाचन गराउनु प्रमुख कार्यभार भएकाले त्यसका लागि सरकारले सहयोग मागेमा एमाले सहयोग गर्न तयार रहेको बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको कार्यकालमा विगतका अप्ठयारा र कमजोरी सच्याउने आशा व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप