संसदमा प्रधानमन्त्री देउवाले भने ‘चुनाव लगत्तै संविधान संशोधन गराउँछु’
काठमाडौं, जेठ २६ – प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन लगत्तै राजपा नेपाल लगायतका राजनीतिक दलका माग सम्बोधन गर्न आफ्नो पहिलो प्रयास रहने बताएका छन् ।
शुक्रबारको व्यवस्थापिका संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै प्रधानमन्त्रीले संविधान संशोधन, मधेस आन्दोलन, पहिलो चरणलगायतका निर्वाचन लगयतका विषयमा महत्वपुर्ण कुरा उठाएर आफुलाई सजग गराएको बताए ।
उनले सांसदहरुले उठाएका विषयलाई आफुले सहजाताका साथ लिएको र सम्भव हुनेजति विषय तत्काल कार्यन्वयनमा लैजाने प्रतिबद्धता पनि जनाए ।
उनले संविधान कार्यन्वयन जरुरी रहेको र त्यसका लागि संविधान संशोधन जरुरी भएकाले चुनावलगत्तै संविधान संशोधन गरेर संविधानको सर्वस्वीस्कार्यता बढाउने आफ्नो प्रयासमा आशंका नगर्न आग्रह गरे ।
उनले भने ‘मधेस आन्दोलन गरेका शक्तिलाई पनि चुनावमा सहभागिता गराउने मेरो इच्छा हो । यसमा चुनाव सकिएलगत्तै प्रतिपक्षसँग सल्लाह गरेर मधेसका माग पुरा गराउने विश्वास दिलाउँछु ।’
मधेस आन्दोलनमा भएको क्षतीपुर्ति, थारु आदिवासीको उचित व्यवस्थापन गर्न जरुरी रहेको भन्दै प्रम देउवाले आफु त्यसतर्फ सचेत रहेको पनि बताए । सवै जातजाति र समुदायबीच सद्भाव र एकता गर्दै जानपर्ने अहिलेको आवाश्यक्ता छ भन्दै उनले प्रप्त उपव्धिको रक्षा गर्न सवैको साथसहयोगको अपेक्षा गरे । उनले चितवनको भरतपुर र राजविराज घटनाबारे जवाफ दिँदै ति दुवै घट्ना अप्रिय रहेको बताए ।
उनले भरतपुरमा मतपत्र च्यातिएको पहिलो घटना नभएको भन्दै त्यो घट्नालाई आफु र कसैले पनि राम्रो नभनेको बताए । स्थानीय तहबारे सर्वोच्चले अन्तरिम आदेश दिएका कारण संख्या थप्न तत्काल सम्भव नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण