रेमिट्यान्स ५.२ प्रतिशतले बढ्यो
काठमाडौं, जेठ २६ – चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म विदेशबाट आउने रेमिट्यान्स रकम ५ दशमलव २ प्रतिशतले बढेको छ । गत आवको यहि अवधीमा १० दशमलव २ प्रतिशतले बढको रेमिट्यान्स आय यस पटक भने केही कम भएको छ ।
नेपाल राष्ट्र बैंकले भर्खरै सार्वजनिक गरेको नेपालको वर्तमान आर्थिक स्थिती अनुसार यो अवधीमा विदेशवाट ५ खर्ब ६६ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो वैद्यानिक वाटोबाट आएको मात्र हो । विदेशमा रोजगारीका क्रममा रहेका रहेका नेपालीले हुण्डीमार्फत पनि अर्बौ रकम स्वदेश पठाउने गरेका छन् । हुण्डीवाट पठाएको रकमलाई अवैद्य मानिन्छ ।
अहिले दक्षिण कोरिया लगायतका मुलुकबाट नेपाली कामदारले हुण्डी मार्फत समेत रहकम पठाउने गरेका छन् । कतिपय अवस्थामा रेमिट्यान्स कम्पनीको उपलव्धता नभएकाले पनि हुण्डीको प्रयोग वढीरहेको छ ।
यद्यपी, नेपाली कामदार वढी संख्यामा कार्यरत रहेको मुलुकहरु मलेसिया, साउदी अरब, कतार, युएइ लगायत अन्य युरोपियन मुलुकवाट भने रेमिट्यान्स वैद्य बाटोबाटै धेरै भित्रने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण