बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तलब र ज्यालादर सूचाङ्क बढ्यो

शुक्रबार, २६ जेठ २०७४, १४ : ५४
शुक्रबार, २६ जेठ २०७४
काठमाडौं, जेठ २६–चालु आर्थिक बर्षको १० महिना अवधीमा सरकारी तथा कृषि, औद्योगिक र निमार्ण क्षेत्रका मजदुरको ज्यादर वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको वैशाख महिना सम्मको मुलुकको वर्तमान आर्थिक तथा वित्तिय स्थिती अनुसार राष्ट्रिय तलव तथा ज्यादर सूचाङ्क १४ दशमलव ९ प्रतिशतले बढेको हो । केन्द्रिय बैंकले प्रकाशित गरेको आर्थिक तथावित्तिय स्थिती अनुसार अघिल्लो बर्षको सोहही अवधमिा भने यस्तो सूचाङ्क ५ दशमलव ३ प्रतिशतले वढेको थियो । चालु आवको समिक्षा अवधमिा तलव सूचाङ्क १८ दशमलव ९ र ज्यालादर सूचाङ्क १४ प्रतिशतले बढेको केन्द्रिय बैंकले जनाएको छ । सरकारले गत आवको वजेटमा निजामती कर्मचारकिो तलव वढाएकाले तथा ज्यालादर सूचाङ्कमा उच्च वृद्धि भएको हो । तलव अन्र्तगत निजामती सेवा अन्र्तगतको तलव सूचाङ्क २४ दशमलव २ प्रतिशत, सैनिक तथा प्रहरी बल २३ दशमलव ६ प्रतिशत र सार्वजनिक संस्थान उपसमुहको तलव सूचाङ्क २१ दशमलव ७ प्रतिशत वढेको छ । त्यसैगरि, ज्यालादर सूचाङ्क अनुसार कृषि मजदुरको १३ दशमलव १, औद्योगिक मजदुरको १६ दशमलव ९ र निमार्ण मजदुरको ज्यादर सूचाङ्क ११ दशमलव ८ प्रतिशतले वढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप