धर्मकाय बुद्ध मण्डला निर्माण हुने
शुक्रबार, २६ जेठ २०७४, १५ : ०६
पोखरा, २६ जेठ । कास्कीको पोखरा– लेखनाथ महानगरपालिका– ११ काहुँडाँडामा निर्माण गरिने धर्मकाय वुद्ध मण्डला स्थलमा आज भूमि पूजा गरियो ।
धर्मकाय वुद्ध मण्डला निर्माण समितिद्वारा आयोजित एक समारोहबीच धर्मोदय सभाका अध्यक्ष एव्म बुद्ध मण्डलाका संरक्षक सोङपा रिम्पोछेले भूमि पूजा गरी कार्यक्रमको शुभारम्भ गरे ।
छ रोपनी जमिनमा निर्माण हुने बुद्ध मण्डलामा ८० मिटर अग्लो बुद्धको मूर्ति, ठूलो ध्यान केन्द्र, छात्रावास, सङ्ग्राहालय, अतिथि गृह, चारवटा कुनामा स्तुपा, पुस्तकालय र बगैँचा निर्माण गरिने निर्माण समितिका सचिव राजबहादुर गुरुङले जानकारी दिए ।
उहाँकाअनुसार मण्डला निर्माणका लागि झन्डै एक अर्ब भन्दा बढी खर्च लाग्ने र यसका लागि स्वदेश तथा विदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीबाट सहयोग आउने क्रम जारिरहेको छ ।
समितिका अध्यक्ष रुद्रकुमारी गुरुङको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
-
विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर
-
वर्षापछि माइतीघर जलमग्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण