बिएन्डसी अस्पतालमा आमा सुरक्षा कार्यक्रम सुरु
शुक्रबार, २६ जेठ २०७४, १५ : १०
सुरुङ्गा ९झापा०, २६ जेठ । झापाको बिर्तामोडमा सञ्चालित बिएन्डसी अस्पतालले आजबाट आमा सुरक्षा कार्यक्रम सुरु गरेको छ ।
प्रस्तावित मेडिकल कलेजका रुपमा सञ्चालित सोे अस्पतालले मेची अञ्चलका सेवाग्राहीलाई मध्यनजर गर्दै आमा सुरक्षा कार्यक्रम सुरु गरेको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसार्इंले जानकारी दिए ।
आज अस्पताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा यस कार्यक्रमले सुत्केरी महिला र नवजात शिशुको सुरक्षार्थ अस्पतालले ३८ शै्ययाको एनआइसीयु र ५० शै्ययाको आइसीयु सेवा पनि सञ्चालनमा ल्याएको जनाएको छ ।
सो कार्यका लागि अस्पतालमा दैनिक पाँच महिला विशेषज्ञले सेवा प्रदान गर्ने र नवजात शिशुका लागि तीन बलरोग विशेषज्ञले नियमित सेवा उपलब्ध गराउने अस्पतालका मेडिकल डाइरेक्टर निराजन प्रसार्इंले बताए ।
स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा आमा सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याइएको सो अस्पतालमा हाल दैनिक पाँच जनासम्मले प्रसूति सेवा लिँदै आएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले बताए ।
अस्पतालका महिलारोग विशेषज्ञ सुनिल साहले गर्भवती महिलाले चार पटकसम्म नियमित स्वास्थ्य जाँच गराए रु चार सय थप रकम दिने र कार्यक्रम लागू भएपछि अस्पतालमा शिशु जन्मिए सरकारमार्फत यातायात खर्चसमेत प्रदान गर्ने जानकारी दिए ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
-
विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर
-
वर्षापछि माइतीघर जलमग्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण