दाङमा चुनावी रौनक बढ्दै
शुक्रबार, २६ जेठ २०७४, १६ : ०८
दाङ, २६ जेठ । दोस्रो चरणअन्तर्गतको स्थानीय तहको निर्वाचनका लागि दाङमा चुनावी रौनकता बढ्दै गएको छ ।
दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका गरी १० स्थानीय तह रहेको दाङमा चुनावी रौनकता बढ्दै गएको हो ।
प्रमुख दलहरुले मतदातालाई आफ्नो पक्षमा पार्न विभिन्न कार्यक्रम गर्दै आएका छन् । दाङको तुलसीपुर, घोराही, लमही र गाउँपालिकामा आ–आफ्नो पक्षमा मत माग्न दलहरु मतदाता घरदैलो तथा भेटघाट कार्यक्रमलाई तिव्र पारिएका छन् ।
उपमहानगरपालिका तथा नगरपालिकाको प्रमुख एव्म उपप्रमुख पदमा उम्मेदवारको टुङ्गो नलगाएपनि नेपाली काँग्रेसले प्रचारप्रसार अभियानलाई तिव्र पारिएको छ । नेकपा ९एमाले०ले घोराही उपमहानगरपालिकाका प्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा सीता न्यौपाने तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुखमा घनश्याम पाण्डे र उपप्रमुखमा माया आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । त्यस्तै नेकपा ९माओवादी केन्द्र०ले घोराही उपमहानगरपालिकाको प्रमुखमा जीवन गौतम र उपप्रमुखमा सीता चौधरी तथा तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा शेसुराम भण्डारी र उपप्रमुखमा सीता ओलीलाई उम्मेदवार बनाएको छ ।
उम्मेदवारको टुङ्गो लगाए, नलगाए पनि प्रमुख दलहरुले अहिले गाउँगाउँमा चुनावी सभाको आयोजना गर्दै घरदैलो कार्यक्रममा व्यस्त भएको देखिन्छ । लामो समयसम्म हुन नसकेको स्थानीय तहको चुनाव हुन लागेकोमा सर्वसाधारण जनता उत्साहित भएका छन् । विभिन्न दलका चुनावी गीतले बजार गुञ्जिरहेका छन् भने प्रत्येक राजनीतिक दलका घरघरमा पार्टीका झन्डा फराइरहेका छन् ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण