चुडामणि शर्माको पुनः म्याद थपियो, ६ दिन थुनामा राखि अनुसन्धान गरिने
विशेष अदालतले भ्रष्टाचार अभियोगमा पक्राउ परेका आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई पुनः ६ दिन थुनामा राखि अनुसन्धान अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ ।
भ्रष्टाचार अभियोगमा पक्राउ परेका शर्मामाथि अनुसन्धान गर्न म्याद थपका लागि दिएको निवेदन उपयुक्त देखिएको उल्लेख गर्दै विशेष अदालतले शुक्रबार पुनः ६ दिन थुनामा राखि अनुसन्धान अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको हो । अनुसन्धानको प्रकृति, गम्भिरता र जटिलतालाई हेरेर शर्मामाथि थप अनुसन्धान गर्न पुन ६ दिनको म्यान थप गरिएको विशेष अदालतका रजिष्ट्रार भीमकुमार श्रेष्ठले जानकारी दिए ।
अख्तियारले शर्मामाथि अनुसन्धान गर्न एक महिनाको समयको माग गर्दै निवेदन दिएको थियो । रजिष्ट्रार श्रेष्ठले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐनमै अनुसन्धानको प्रकृति र जटिलतालाई ध्यान दिएर ६ महिनासम्म थुनामै राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन सकिने व्यवस्था गरिएको पनि स्पष्ट पारे ।
न्यायाधीशद्धय मोहनरमण भट्राई र नरेन्द्र सिवाकोटीको संयुक्त इजलासले शर्मालाई गत आईतबार पनि थुनामा राख्न ७ दिनको म्याद दिएको थियो । म्याद थप पछि सुरक्षा घेरा भित्रैबाट विभागका निलम्बित महानिर्देशक शर्माले विघटन भईसकेको कर फस्र्यौट आयोगको काम कार्वाही र कागजातमाथि अनुसन्धान गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नरहेको दावी गरे ।
उनले आयोगले सरकार, संसद र प्रचलित विधि, प्रक्रिया विपरित बलजफ्ती र बदनियतपूर्ण ढंगले अनुसन्धान प्रक्रिया अघि बढाएको उल्लेख गर्दै न्यायको पक्षमा बोलिदिन सबैमा आग्रह पनि गरे । कर फस्र्यौट आयोगको म्याद २०७२ साल असोजबाटै सकिएको थियो ।
कर फछ्र्यौट आयोगमार्फत् कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा शर्मालाई गत जेष्ठ १९ गते शुक्रबार कार्यालय समयमा लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागबाट नै अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो खेपमा आठ सय ३६ नेपाली कामदार इजरायल जाँदै
-
मिटरब्याजी पीडितसँग वार्ता गर्न सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन
-
भौतिक अनुगमन मात्र होइन, औद्योगिक क्षेत्रमा नीतिगत हस्तक्षेप आवश्यक : क्षितिज थेबे
-
नेपाली क्रिएटरको भुक्तानी सहज बनाउन हाम्रो पे र भिलबीच सहकार्य
-
इङ्ग्ल्यान्डलाई उसकै डिबक्सभित्र कैद गर्न सक्ने मेस्सीको अद्भुत शक्ति
-
लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न बन्दीप्रत्यक्षीकरण आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण