बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ललितपुरमा ताल्चा फोडेर चोरिरहेको बेला पेशेवर चोर समातिए

शुक्रबार, २६ जेठ २०७४, १६ : ३०
शुक्रबार, २६ जेठ २०७४

जेठ २६, काठमाडौं– ललितपुर नगरपालिका–२ गुर्सिङ्गलस्थित रामनाथ यादवको कोठा फोडेर चोर्दै गरेको अवस्थामा दिनेश थापा पक्राउ परेका छन् ।

बारा निजगढ स्थायी घर भई हाल टेकु बस्दै आएका थापालाई चोरिरहेको अवस्थामा नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (डिएसपी) ईश्वर कार्कीले जानकारी दिए ।

थापाको साथबाट प्रहरीले प्रहरीले सुनका औंठी, चुरा, मंगलसुत्र, बाला, नौगेडी, लकेट तथा झुम्का लगायतका सामानहरु बरामद गरेको छ ।

पेशेवर चोरीमा संलग्न थापाबारे थप अनुसन्धान भईरहेको डिएसपी कार्कीले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप