भोलिबाट आठौं कोरियन भाषा परीक्षा : ७५ हजार ५ सय परीक्षार्थी
काठमाठौं, जेठ २६ – रोजगार अनुमति प्रणाली (इपिएस) अन्र्तगत दक्षिण कोरियाको रोजगारीमा जान जाहाने युवाहरुका लागि भोली शनिबारवाट आठौं कोरियन भाषा परीक्षा सुरु हुदैछ । रोजगार अनुमति प्रणाली अन्र्तगत कोरियाको मानव संसाधन विभागले यो भाषा परीक्षा सञ्चालन गर्दैछ ।
शनिबार र आईतबार दुई चरणमा हुने भाषा परीक्षामा कूल ७५ हजार ५ सय ८० जना सहभागि हुने जनाइएको छ । पहिलो चरणको भाषा परीक्षा विहान ८ वजेवाट सुरु हुनेछ भने दोस्रो दिउँसो १२ वजेवाट हुने इपिएस कार्यालयले जनाएको छ । विगतमा काठमाडौं उपत्यका वाहिर पोखरामा समेत भाषा परीक्षा सञ्चालन भएकामा यस पटक काठमाडौं र ललितपुरमा मात्र परीक्षा केन्द्र तोकिएका छन् ।
इपिएसले काठमाडौंमा १७ वटा र ललितपुरमा ९ वटा परीक्षा केन्द्र तोकेको जनाएको छ । यस पटक नेपाललाई १० हजार २ सय कोटा तोकेको छ । उत्पादनमुलक क्षेत्रमा ४ हजार र कृषि तथा पुशपालनमा ६ हजार २ सय जनालाई रोजगारीका लागि उत्र्तिण गराउने कोरियाको तयारी रहेको जनाइएको छ ।
सन् २००७ मा नेपाल र दक्षिण कोरियावीच रोजगार अनुमति प्रणाली (इपिएस) अन्र्तगत कामदार लिने सम्झौतापछि सन् २००८ मा नेपालमा पहिलो पटक भाषा परीक्षा सञ्चालन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो खेपमा आठ सय ३६ नेपाली कामदार इजरायल जाँदै
-
मिटरब्याजी पीडितसँग वार्ता गर्न सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन
-
भौतिक अनुगमन मात्र होइन, औद्योगिक क्षेत्रमा नीतिगत हस्तक्षेप आवश्यक : क्षितिज थेबे
-
नेपाली क्रिएटरको भुक्तानी सहज बनाउन हाम्रो पे र भिलबीच सहकार्य
-
इङ्ग्ल्यान्डलाई उसकै डिबक्सभित्र कैद गर्न सक्ने मेस्सीको अद्भुत शक्ति
-
लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न बन्दीप्रत्यक्षीकरण आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण