नायिका प्रियंका कार्की फेशन शोको प्रमुख आकर्षण
शुक्रबार, २६ जेठ २०७४, १७ : २२
वाशिंगटन डिसी, जेठ २६ – आगामी जुन ३० देखि जुलाई २ सम्म हुने नेप्लीज अमेरिकन कन्भेन्सन नामक सम्मेलनमा हुने भेषभुषा कार्यक्रमको लागि निबेदन दिने समय जुन १० तारिखदेखि सकिने भएको छ ।
उक्त कार्यक्रमका लागि नेपाली चलचित्रकी प्रसिद्ध नायिका प्रियंका कार्की आउने छिन् । उनी जुन महिनाको अन्त्यमासम्म अमेरिका आई पुग्ने आयोजकले जनाएको छ ।
नायिका कार्कीले उक्त सम्मेलनमा तीन दिनसम्म कार्यक्रममा सहभागिता जनाउने बताइएको छ । सम्मेलनमा कार्यक्रम कार्की कार्यक्रम प्रस्तोता, भेषभूषा प्रदर्शनमा मुख्य आकर्षणको रुपमा समेत रहने छन् । भेषभूषाको डिजाइनर (रुपकार) ओढनी बुटिक (वस्त्रालय) ले गर्ने भएको छ ।
भेषभूषा प्रतिस्पर्धामा सहभागी हुनका लागि आवेदन पत्रको दस्तुर प्रवेश शुल्क ४५० डलर राखेर १८ देखि २९ वर्षका युवतीहरुले निवेदन दिनसक्ने प्रावधान राखिएको छ ।
उक्त नेप्लीज अमेरिकन सम्मेलनमा खेलकुद, मनोरंजन, बिबिध मंच, गोष्ठी, व्यापार प्रदर्शन, बालबालिका प्रतिभा प्रतियोगिता, सांस्कृतिक कार्यक्रम समेत रहने जानकारी बजारिकरण हेर्ने प्याट्रिक सुबेदीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
-
विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर
-
वर्षापछि माइतीघर जलमग्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण