चितवन मिल्क नियमित सञ्चालनमा आउने
शुक्रबार, २६ जेठ २०७४, १७ : ४२
सुरेशचन्द्र अधिकारी
चितवन, जेठ २६– झण्डै दुई वर्षदेखि कच्चा दुधको अभाव बन्द रहेको चितवन मिल्क साउनदेखि नियमित संञ्चालनमा आउने भएको छ । कच्चा दुधको अभवका कारण ठूलो नोक्सानीमा गएपछि झण्डै २ वर्ष अघि बन्द भएको थियो ।
चितवन मिल्क आउदो साउन १ गतेबाट पुनः संञ्चालनमा ल्याउने तयारीमा संञ्चालकहरु लागेका हुन । भरतपुर महानगरपालिका वडा नम्वर १ ठिमुरामा दक्षिण एसियाकै नमुना उद्योगको रुपमा स्थापना गरिएको यो उद्योग दैनिक २ लाख लिटर दुध प्रसोधन गर्ने क्षमताको रहेको छ ।
चितवन मिल्क लिमिटेडका अध्यक्ष राजुवावु श्रेष्ठका अनुसार लामो समय संञ्चालनमा नआउदा बिग्रिएका कतिपय उपकरणहरु जडान र मर्मत सम्भार गर्नेकाम सम्पन्न भइसकेको छ । हालका लागि दैनिक ६० हजार लिटर दुधको प्रसोधन गरिने उनले बताए ।
राहुल ब्राण्डबाट राहुल स्किम मिल्क (धुलो दुध), राहुल डेरी ह्वाईटनर, बटर, घ्यू उत्पादन गर्ने उनले बताए । चितवन मिल्क संञ्चालनमा आएसँंगै नेपालमा दुध बढि उत्पादन हुने समयमा हुदै आएको मिल्क होलिडे रोकिएको थियो । नेपालका सफल व्यवसायी स्व. लक्ष्मण बाबु श्रेष्ठको नेतृत्वमा वि.सं. २०६९ साल जेठ २९ गतेबाट यो उद्योग संञ्चालनमा आएको थियो ।
सरकारी स्वामित्वको दुग्ध विकास संस्थानको ७ प्रतिशत र बाँकी श्रेष्ठ नेतृत्वको चितवन को–ई समुहको गरी १ अर्व ४० करोड रुपैंयाको लागतमा उद्योग स्थापना भएको हो । दुई बर्ष अघि भूकम्प पछि कच्चा दुध अभाब पछि उद्योग संञ्चालन हुन नसकेर बन्द भएको थियो । २०७२ साल भदौ १ गतेबाट उद्योग पूर्ण रुपमा बन्द भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
-
विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण