बेसबल खेलाडी छनोट
शुक्रबार, २६ जेठ २०७४, १७ : ४६
जेठ २६, भक्तपुरको चाँगुनारायण नगरपालिका ५ मा पर्ने पकुनेपाटीका निश्चल केसीलाई जापानको होकाइडो बेस बल एकेडेमीले प्रशिक्षणका लागि छनोट गरेको छ । एकेडेमीले भक्तपुर बेसबल एण्ड सफ्टबल क्लब राईजिङ्ग स्टार्समा आवद्ध २० वर्षिय केसीलाई तीन महिने प्रशिक्षणका लागि छनोट गरेको हो । एकेडेमीले एसिया, अफ्रिका, युरोप र दक्षिण अमेरिकाबाट १० जना खेलाडी छनोट गरेकामा केसी १० जनाभित्र परेका हुन् । नेपालबाट केसीलाई छनोट गरिएको निर्णयलाई जापानको नेष्नल बेसबल टिमले आफ्नो वेभसाइटमा प्राथमिकतासाथ स्थान दिएको छ । केसी प्रशिक्षणका लागि जुन महिनाको अन्तिममा जापान जाने भक्तपुर बेसबल एण्ड सफ्टबल क्लब राईजिङ्ग स्टार्सका अध्यक्ष रोशन थापाले जानकारी दिए । प्रशिक्षणपछि लिइने परीक्षामा उत्तीर्ण भए केसी अमेरिका र क्यानाडामा हुने इन्डिपेन्डेन्ट लिगमा सहभागी हुन पाउने छन् ।।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण