प्रधानाध्यापक शाहीलाई कारबाही गर्न प्रेस सेन्टरको माग
शुक्रबार, २६ जेठ २०७४, १७ : ५६
काठमाडौं, जेठ २६– नेपाल पत्रकार महासंघका हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहोरामाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न प्रेस सेन्टरले माग गरेको छ ।
प्रेस सेन्टरका केन्द्रीय सदस्यसमेत रहेका बोहोरामाथि मानसरोवर मावि, हुम्लाका प्रधानाध्यापक अमरबहादुर शाहीलगायतका शिक्षकहरुले रेडियो प्रशारण केन्द्रमै गरी आक्रमण गरेको सेन्टरले जनाएको छ ।
प्रेस सेन्टरका महासचिव विष्णु सापकोटाले शुक्रबार विज्ञप्ति जारी गरी रेडियो कर्णाली आवाजमा प्रवेश गरी बोहोरामाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग गरेका हुन् ।
साथै घाइते पत्रकार बोहोराको निःशुल्क उपचार गर्न तथा तोडफोड भएका रेडियो सामाग्रीहरु कम्प्यूटर, प्रिन्टर, टेलिफोन सेट, ल्यापटपलगायतका सामाग्रीको क्षतिपूर्ति दिलाउन पनि सेन्टरले प्रशासनसँग माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
-
विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर
-
वर्षापछि माइतीघर जलमग्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण