भारत र श्रीलङ्का ‘ट्रान्जिट’को रुपमा प्रयोग गर्दा ‘नो अब्जेक्सन लेटर’ देखाउनुनपर्ने
शुक्रबार, २६ जेठ २०७४, १८ : ३३
काठमाडौं, जेठ २६– भारत र श्रीलङ्का हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकले ती देशलाई ‘ट्रान्जिट’को रुपमा प्रयोग गर्दा नेपाली दूतावासले दिएको ‘नो अब्जेक्सन लेटर’ अन्तर्राष्ट्रिय विमानस्थलमा देखाउनु नपर्ने भएको छ ।
ट्रान्जिटको रुपमा नभई ती दुई देशको विमानस्थल प्रयोग गरी सिधै तेस्रो मुलुक जाने नेपाली नागरिकले भने ‘नो अब्जेक्सन लेटर’ देखाउनुपर्ने अध्यागमन विभागका महानिर्देशक गङ्गाराम गेलालले जानकारी दिए ।
पछिल्लो समय भारत र श्रीलङ्का हुँदै मानवतस्करले नेपालीलाई विभिन्न मुलुकमा लगि अलपत्र पार्ने तथा महिलालाई खाडीमा लगि बेचबिखन गर्ने क्रम बढेपछि त्यसलाई रोक्न बिहीबार बसेको सरकारी संयन्त्रको बैठकले भारत र श्रीलङ्का हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकले सम्बन्धित दूतावासको ‘नो अब्जेक्सन लेटर’ लिनुपर्ने प्रावधानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको थियो ।
महानिर्देशक गेलालले भने, –हिजोको हाम्रो निर्णयले टान्जिटको रुपमा ती देशका विमानस्थल प्रयोग गर्नेले पनि त्यस्तो पत्र देखाउनुपर्ने हो कि भन्ने सन्देश गएछ, त्यस्तो होइन ।
मानव बेचबिखनको चपेटामा परी भारतमा अलपत्र नेपाली नागरिकको तत्काल उद्धारका लागि संयन्त्र निर्माण गर्न भारत सरकारसँग तत्काल समझदारी गर्नुपर्ने निर्णयसमेत बैठकले गरेको थियो । (रासस)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
-
विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर
-
वर्षापछि माइतीघर जलमग्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण