पन्ध्र दिनदेखि बेपत्ता भएकी साह मृत अवस्थामा फेला
शुक्रबार, २६ जेठ २०७४, १८ : ३७
उदयपुर, जेठ २६– उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ गाईघाट बजारस्थित आँखा अस्पताल अगाडि बस्दै आएकी शान्तिकुमारी साह बेपत्ता भएको १५ दिनपछि शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार साहलाई शुक्रबार बिहान गाईघाटस्थित आँखा अस्पताल अगाडि सडकखण्डको नालीमा मृत अवस्थामा भेटिएको हो ।
साह हराएलगत्तै साहका बुबा जयनारायण साहले प्रहरीमा १५ दिन अगाडि नै खोजी गरी पाउँ भनेर उजुरी दिएपछि शान्तिको खोजी कार्य हुँदै आएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक ओमबहादुर रानाले बताए ।
प्रहरीका अनुसार साहको हत्या भएको हुनसक्ने भएको कारण साहकै आफन्त तीन जनालाई पक्राउ गरेर अनुसन्धानसमेत सुरु गरिएको प्रहरीले बताएको छ ।
तीन वर्षअघिनै साहको तराईमा विवाह भइसकेको तर श्रीमान् भारतमा बस्दै आएको कारण शान्ति गाईघाट माइतमा बसेर नै गाईघाट आँखा अस्पताल अगाडि चटपटे तथा क्राँक्रा फलफूल बिक्री गरेर जीवनयापन गर्दै आएकी थिइन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
-
विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर
-
वर्षापछि माइतीघर जलमग्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण