निर्वाचनलाई लक्षित गर्दै सप्तरीमा सुरक्षा व्यवस्था कडा पारियो
शुक्रबार, २६ जेठ २०७४, २० : ३३
सौरव यादव
राजविराज, जेठ २६– आगामी असार १४ हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीले सुरक्षा व्यवस्थालाई कडा पारेको छ ।
अहिले निर्वाचनको अवसरमा जिल्लाको विभिन्न चौक तथा बजारहरुमा प्रहरी तथा म्यादी प्रहरीहरुलाई २४ औं घण्टा तैनाथ गरिएको छ । जिल्लामा निर्वाचनका क्रममा कुनै पनि घटना वा दुर्घटना हुन नदिन सुरक्षा ब्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक एवं प्रमुख अनुराग द्विवेदीले बताए ।
जिल्लाको सुरक्षाका लागि प्रहरीले २४ औं घण्टा चेकजाँच गर्नुका साथै प्रहरीको मोबाइल गस्तीसमेत परिचालन गरिएको द्विवेदीले बताए । इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीमा पनि थप जनशक्ति परिचालन गरिएको छ ।
जिल्लाको अति संवेदनशिल मतदान केन्द्रमा ५ प्रहरी ९ म्यादी प्रहरी तथा संवेदनशिल मतदान केन्द्रमा ४ प्रहरी ६ म्यादी प्रहरी खटाइने उनले बताए । सुरक्षाको अवस्था हेरेर अझै बढाउन सकिने पनि उनले बताए ।
सप्तरी जिल्लामा २ सय ९२ मतदानस्थल तथा ४ सय ६१ मतदान केन्द्र तोकिएको छ । जसमध्ये २ सय ६ अति संवेदनशील र ८६ संवेदनशील मतदानस्थल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले प्रदेश खारेजीको माग गरिरहँदा तपाईंहरूको व्यवहारले उनीहरूलाई बल पुग्दैन ?
-
शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण