कट्रिनाको ऋण तिर्न चाहन्छन् रणबीर, गरे कट्रिनाको तारिफमाथि तारिफ
बीबीसी
जेठ २७ – बलिउड नायक रणबीर कपुरले बुवा ऋषि कपुरको जस्तो उनको रक्सी पिउने बानी नभएको र त्यो बानी आफूले कहिले बानी हाबी हुन नदिने बताएका छन् ।
आफ्नो नयाँ फिल्म ‘जग्गा जासूस’ को म्यूजिक लञ्चमा जब रणबीरसँग बुवा ऋषि कपुरको कुन बानी अपनाएका छन् भन्ने प्रश्नमा उनले तत्काल भने, ‘रक्सी पिउने बानी त पटक्कै छैन ।’
रणबीरले भने, ‘बुवाबाट मैले पारिवारिक मान्यता सिकेको छु । हामीले कहिले पनि बिर्सनु हुँदैन कि आमा–बुवाले हाम्रा लागि के गरेका हुन्छन् । म ३४ वर्षको भएँ र चाँडै नै ३५ को हुनेछु । अब म आफ्नो आमाबुवाको लागि जिम्मेवार छु र मैले उहाँहरुको हेरबिचार गर्नुपर्छ ।’
यस्तै उनले आफू हजुरबुवा राजकपुरलाई पनि दैनिक याद गर्ने बताएका छन् ।
रणबीरका अनुसार हजुरबुवा राजकपुरले देखाएको बाटोमा हिँडेर नै उनी नायक बनेका हुन् । आफू कपूर खानदानसँग सम्बन्धित भएर निकै गर्व महसुस गर्ने उनी बताउँछन् ।
रणबीर भन्छन्, ‘मेरा हजुरबुवा स्वर्गबाट मलाई हेरेर खुसी भइरहनुभएको होला किनभने जुन नाम र इज्जत उनले कमाएका छन्, त्यसलाई मैले बर्बाद गरेको छैन ।’
रणबीर फिल्म ‘जग्गा जासूस’ का निर्माता पनि हुन् । यो फिल्ममा उनकी पूर्व प्रेमिका कट्रिना कैफको पनि महत्वपूर्ण भूमिका छ ।
रणबीरसँग नीजि सम्बन्धका कारण चर्चामा रहेकी कट्रिना कैफसँग जब उनका पूर्व प्रेमी रणबीरसँग यो फिल्ममा काम गर्दाको अनुभव बारेमा सोध्दा यसको उत्तर रणबीरले नै दिए । उनले भने, ‘मलाई कट्रिनाले दुई हिट फिल्म दिएकी छिन्, ‘राजनीति’ र ‘अजब प्रेम की गजब कहानी’ । कट्रिनाले यसबारे धेरैपटक बताउने गरेकी थिइन् त्यसकारण यो फिल्ममार्फत म उनको ऋण तिर्न चाहन्छु ।’
कट्रिना कैफलाई रणबीर हिट फिल्मको मेसिन मान्छिन् । उनको मान्यता अनुसार जुन फिल्ममा कट्रिना हुन्छिन् त्यो फिल्म पक्कै हिट हुन्छ ।
उनी भन्छन्, ‘कट्रिनाजस्तो ठूलो स्टार फिल्म इन्डष्ट्रिमा कोही पनि छैन ।’
कट्रिनाले अचम्ममा पारिदिने सफलता हासिल गरेकी छिन् र आउँदो १० वर्षमा उनले दोब्बर सफलता हाँसिल गर्ने रणबीर बताउँछन् ।
अनुराग बसुको निर्देशनमा बनेको ‘जग्गा जासूस’ जुलाई १४ तारिखमा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
-
कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै
-
गेरी नेभिलको टिप्पणीमा अर्जेन्टिनी डिफेन्डर रोमेरोको आक्रोश, भने – ‘मूर्ख’
-
विष्णु पौडेलसहित ७ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण अभियोगपत्र दर्ता गर्ने तयारी
-
लुम्बिनीमा कांग्रेससँगको सहकार्य जोगाउने प्रयासमा छौं, विकल्पका ढोका पनि खुला छन् : मुख्यमन्त्री आचार्य
-
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको काम रियल स्टेट ब्रोकर जस्तै भयो : सभापति अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण