बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कतारबाट ‘ओला’ को घुुम्टो खोलियो

शनिबार, २७ जेठ २०७४, १० : ०४
शनिबार, २७ जेठ २०७४
कबि एबं नियँत्राकार बिनोद खड्काको पहिलो नियात्रा संग्रह “ओला” को लोकार्पण भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार र नबोदित साहित्यिक बाचनालय कतारको मासिक बाचन सृङखलाको ७० आँै बाचन समारोहमा उक्त कृति बिमोचन गरिएको थियो । बाचन सृङखलाका बिशिष्ट श्रोताहरु पबित्रा खड्का, कुुमार कार्की,धिरज राई मायां केसी, बिनेश तमा¨ समाजका अध्यक्ष तिर्थ संगम राई, बाचनालयका अध्यक्ष सिताराम थापा तथा लेखक बिनोद खड्काले संयूुक्त रुपमा नियात्रा संग्रह “ओला” बिमोचन गरेका थिए । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले प्रकाशन गरेको उक्त नियात्रा संग्रहमा लेखकले घुुमेका ६ महादेश २९ देशका ५० भन्दा बढी शहरमा घुुम्दा देखेका भोगेका र अनुुभब गरेका झण्डै ४ दर्जन अनुुभबहरु समेटेका छन । ६वटै महादेशका बिभिन्न शहरहरुमा कतै लामो त कतै छोटो भ्रमण गर्दा देखेका,भेटेका,खाएका कुुराहरु देखि त्यहांको भौगोलिक बनावट नेपाल संगको तुुलना तथा बिकाश र प्रगतिका कुुराहरुलाइ मनमा उठेका लहरसंगै लेखकले पुुस्तकमा पस्किएका छन । पुुस्तकमा पस्किएका कुुराहरु जसले रुचिपुुर्बक खायो उसलाई सोहि ठाउंमा भ्रमण गराएको अनुुभुती गराउन लेखकले सक्दो मेहेनत गरेका छन । कतारमा क्रियासिल दुुबै साहित्यिक संस्थाहरुले बिगत ७० महिना देखि हरेक महिनाको दोस्रो शुुक्रबार नियमित साहित्य बाचन श्रृङखला सन्चालन गर्दै आएका छन । जहां साहित्यमा रुचि भएका नेपाली साहित्यीक मनहरुले आ आफ्ना रचना सुुनाउने गर्दछन । यो श्रृङखलामा पनि डेड दर्जन भन्दा बढी साहित्यकारहरुले आ आफना रचना बाचन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप