अनधिकृत विद्युत् प्रयोग गर्नेबाट १७ लाख असुल
शनिबार, २७ जेठ २०७४, १० : २१
गौशाला, २७ जेठ । नेपाल विद्युत् प्राधिरकण महोत्तरी, वितरण केन्द्र गौशालाले अनधिकृत रुपमा विद्युत् प्रयोग गर्दैआएका व्यक्तिहरुबाट रु १७ लाख भन्दा बढी रकम असुल गरेको छ ।
केन्द्र प्रमुख हरदेवप्रसाद गुप्ताका अनुसार गत भदौ महिनादेखि चालु आवको जेठ महिनासम्म यस केन्द्रबाट १९५ जना नियन्त्रणमा लिई रु १७ लाख ६१ हजार ७८६ जरिवाना गरिएको बताए ।
केन्द्रबाट खटिएका नेपाल र सशस्त्र प्रहरीसहितको विद्युत् नियन्त्रण टोलीले जिल्लाको विभिन्न गाउँ ठाउँमा गएर अनधिकृत रुपमा बिजुली प्रयोग गर्दैआएका घरबाट ५० भन्दा बढी टेलिभिजन, मोटर, पङ्खा, इन्भर्टर, स्टेबलाइजरलगायतका उपकरण नियन्त्रणमा लिएको प्राविधिक प्रमुख अभिषेकराज कलवारले बताए ।
यसका साथै सो केन्द्रले वर्षौंदेखि विद्युत् महसुल नतिरेका ९४५ जना ग्राहकको लाइनसमेत काटिदिएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
-
विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर
-
वर्षापछि माइतीघर जलमग्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण