प्रहरीबाटै महिला म्यादी प्रहरीमाथि यौन दुुर्व्यवहार भएको आरोप
दिनेश घिमिरे
काभ्रे, जेठ २७– महिला म्यादी प्रहरीले प्रहरीबाटै आफूहरुमाथि यौन हिंसा भएको आरोप लगाएका छन् ।
यस संवाददाताको सम्पर्कमा आएका पीडित म्यादी प्रहरीले कानूनको पालना गराउने निकायबाटै यौन हिंसा गरिएको भन्दै आक्रोश पोखे । बनेपामा ब्याचलर पढ्दै गरेकी मिना लामा (नाम परिर्वतन) पढार्ई खर्च जुटाउनकै लागि म्यादी प्रहरीमा भर्ना भइन् । भर्ना भएसँगै उनी प्रहरीका केही उच्च पदस्थ कर्मचारीको यौन हिंसाको शिकार भइन् । प्रहरीबाटै यौन हिंसा होला भन्ने कहिलै नसोचेकी लामाले अहिले आफूले व्यर्थै जागिर खाएछु भनि पश्चाताप भइरहेको बताइन् ।
स्थानीय तहको निर्वाचनका लागि सरकारले म्यादी प्रहरी भर्ना गरेको थियो । आकर्षक तलब पाउने आशामा भर्ना भएका महिला म्यादी प्रहरी प्रहरीबाटै दुरव्यवहार खोप्नु पर्छ भन्ने कहिलै नसोचेको बताउँछन् । तर अहिले ठिक उल्टो भएको पिडितहरुले बताए ।
बनेपामा डेरा गरी ब्याचलर पढदै गरेकी २४ वर्षीय (रिना थापा) नाम परिर्वतन पनि ड्युटीकै समयमा आफ्नै हाकिमबाट यौन दुरव्यवहारमा परिन् । सुरु सुरुमा त उनले यसलाई सामान्य रुपमै लिइन् तर एक दिन राती सुतिरहेको समयमा हाकिमले बलात्कार गर्ने प्रयास नै गरेपछि भने उनलाई आफ्नो अस्मिता रक्षा गर्नै धौधौ पर्यो । ‘राति बल्ल बल्ल फुत्किएँ अब जागिर जान्नँ’ उनले पिडा सुनाइन् ।
‘पढाई खर्च होला भनेर जागिर खाएँ तर त्यहाँ त इज्जत नै बाँकी नरहने भो त्यसैले जागिर छोड्छु’ उनले थपिन् । काभ्रेमा पछिल्लो समय म्यादी प्रहरी माथि भएका यौन हिंसाका घटनाहरु विस्तारै बाहिर आउन थालेका छन् । कतिपय घटनाहरु भने भित्र भित्रै मिलाएर साम्य पारिएको स्रोत बताउँछ । कतिपय घटनामा आर्थिक प्रलोभन देखाएर मिलाउने गरिएको छ भने कतिपय घटनालाई धम्काएरै बाहिर आउन दिइएको छैन ।
यस विषयमा जिल्ला प्रहरी कार्यलका डिएसपी नविन राईसँग बुझ्दा आफूकहाँ अहिलेसम्म कुनै उजुरी नपरेको बताए ।
सामान्य मानिसहरुले त प्रहरीकोमा उजुरी गर्नु पर्छ भने अझ प्रहरीमै जागिर खाएर पिडित हुनु भनेको लज्जास्पद हो भन्दै उनले उजुरी परे तत्काल कार्वाही गर्ने बताए ।
काभ्रेमा साढे ३ सय ५० महिला म्यादी प्रहरी छन् । जसमध्ये १ सय जनाले जागिर छोडिसकेका छन् ।
सन्दर्भ फाइल तस्बिर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले प्रदेश खारेजीको माग गरिरहँदा तपाईंहरूको व्यवहारले उनीहरूलाई बल पुग्दैन ?
-
शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण