एमाले अवसरवादी पार्टीः प्रचण्ड
काठमाडौं, जेठ २७–नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अवसरवादी भएको आरोप लगाउँदै सम्पुर्ण परिर्वतनको केन्द्रविन्दु माओवादी पार्टी भएको दाबी गरेका छन् ।
शनिबार विहान लाजिम्पाटस्थित आफ्नै निवासमा पार्टी प्रवेश कार्याक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादीको नेतृत्वका कारण नै मुलुकमा परिर्वतनको महसुस गर्न सकिएको दाबी गरेका हुन् । माओवादी नेतृत्वले नै संघीय लोकताीन्त्रक गणतन्त्रलाई संस्थागत गर्दै संविधानको स्वीकार्यता बढाई त्यसलाई संस्थागत गर्ने कुरामा गम्भीर पहल कदमी लिएको भन्दै उनले त्यसले जनतामा या आशा र विश्वासको संचार गराएको बताए । आफुले दोश्रो पटक सरकारको नेतृव्त गरेर वाहिरीदै गर्दा केही मान्यता स्थापित गर्न सकेको भन्दै उनले त्यसले नै मुलुकलाई सफल राष्ट बनाउने दाबी समेत गरे । प्रचण्डले पार्टी बाट भिन्न भएका विप्लव नेतृत्वको समुह र बैद्य नेतृत्वको समुहलाई कुनै भ्रममा नपरी पार्टीमा एकत्रित हुन आव्हान समेत गरे । प्रचण्डले मुलुकलाई आर्थिक सम्वृद्धिको बाटोमा लैजान संविधानको स्वीकार्यता बढाउदै सफल कार्यान्वयनका लागि दोश्रो चरणको स्थानीय तहको निर्वाचनको साथै प्रदेश र केन्द्रको निर्वाचन माघ ७ गते भित्रै सम्पन्न गर्नुपर्ने मुल जिम्मेवारी पुरा गर्नुपर्ने एकजुट हुन पनि कार्यकर्तालाई निर्देशन दिए । कार्यक्रममा विप्लव, बैद्य समुहका साथै राप्रपा र एमालेबाट माओवादी केन्द्रमा प्रवेश गरेका कार्यकर्तालाई अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'गण्डकीको मुख्यमन्त्रीमा हाम्रो दाबी रहन्छ'
-
सीप विकास कार्यक्रम निजी क्षेत्रको नेतृत्वमा सञ्चालन हुनुपर्छ: अध्यक्ष पाण्डे
-
कानुन मन्त्रालयले किन रोकिरहेको छ निजामती विधेयक ?
-
कर्णालीमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे कांग्रेसभित्र छलफल सुरु
-
नीतिगत परिमार्जनमा सरकारले हतारो गर्दा निजी क्षेत्र साक्षी मात्रै बन्यो : अध्यक्ष श्रेष्ठ
-
धान रोपिरहेका बेला चट्याङ पर्दा ७ महिला घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण