बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

कर्णालीको विकासका लागि लगानी वृद्धि गर्न माग

शनिबार, २७ जेठ २०७४, १३ : ५८
शनिबार, २७ जेठ २०७४
  काठमाडौँ, २७ जेठ । सरकारले कर्णाली क्षेत्रको विकास तथा पूर्वाधार निर्माणमा लगानी वृद्धि गर्नुपर्ने माग गर्दै कर्णालीवासीले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म आज पदयात्रा गरेका छन् । अध्ययन तथा जागिरका सिलसिलामा काठमाडौँ उपत्यकामा बसोवास गर्दै आएका कर्णालीवासी तथा कर्णालीको विकासका लागि क्रियाशील विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले बजेट विनियोजन गर्दा त्यस क्षेत्रको विकास तथा निर्माणमा प्राथमिकता दिन आग्रह गरेका छन् । बानेश्वरमा पुगेपछि गरिएको कोणसभामा सहभागीले त्यस क्षेत्रमा प्रशस्त स्रोत तथा साधन रहेको भए पनि सरकारले प्राथमिकतामा नराखेकाले स्थानीयवासीले दुःख पाएकामा चिन्ता व्यक्त गरेका छन् । कर्णाली जनअधिकार मञ्चका अध्यक्ष प्रकाश रोक्काले डोल्पा र हुम्लामा सडक पु¥याउन सकेमा त्यहाँका उत्पादनले बजार पाउने तथा स्थानीयवासीको आयस्तरमा वृद्धि हुने बताए । उहाँले मुलुकमा मेट्रो रेलको विकास गर्ने अवधारणा आइरहेका बेलामा कर्णालीका कतिपय स्थानमा पूर्वाधार विकासको मुख्य आधार सडक विस्तार गर्न नसकिएकाले सरकार संवेदनशील हुनुपर्नेमा जोड दिए । पत्रकार प्रेम कैदीले मुलुकमा भएका राजनीतिक परिवर्तनको अनुभूति त्यहाँका जनतालाई गराउन उनीहरुलाई आर्थिक तथा सामाजिक रुपान्तरण गर्नुपर्ने खाँचो औँल्याए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप