बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

ढिस्कोमा पुरिएर एकको मृत्यु, अर्का घाइते

शनिबार, २७ जेठ २०७४, १६ : १७
शनिबार, २७ जेठ २०७४

गोरखा, जेठ २७- माटोको ढिस्कोमा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी गैंँडाकोट नगरपालिका– ९ थुम्सेका २८ वर्षीय गोविन्द सुवेदी रहेका छन्।

गोरखाको सिरानचोक गाउँपालिका– ५ छोप्राकस्थित मण्डली माध्यामिक विद्यालयको भवन पुनःनिर्माण गर्दै गर्दा आज बिहान अकस्मात खसेको माटोको ढिस्कोमा पुरिएर उनको मृत्यु भएको हो । ढिस्कोमा पुरिएर घाईते भएका अर्का मजदुर सोही ठाउँका १८ वर्षीय सुवास गन्धर्वको गोरखा जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

भूकम्पले क्षतिग्रस्त मण्डली माविमा जाइका नामक संस्थाले नयाँ भवन निर्माण गरिरहेको छ । भवन छेउको टेवा पर्खालको ढुङ्गा निकाल्ने क्रममाः माटोको ढिस्को खस्दा सुवेदीको मृत्यु भएको प्रधानाध्यापक रुद्रनाथ पोखरेलले बताए ।

ढिस्कोले पुरिएका सुवेदी र गन्धर्वलाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि गोरखा अस्पताल ल्याएका थिए । उपचारका क्रममाः सुवेदीको मृत्यु भएको र गन्धर्वको स्वास्थ्यमा भने सुधार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप