राष्ट्रपति भण्डारी जेनेभा जाने
काठमाडौ, जेठ २८ – राष्ट्रपति विद्या भण्डारी आगामी जेठ ३० गतेदेखि जेनेभामा सुरु हुने १ सय २६ औं अन्तराष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन त्यसतर्फ जाने भएकी छन् । आईतबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति भण्डारीको जेनेभामा हुने अन्तराष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुने प्रस्ताव स्विकृत गरेको हो ।
अन्तराष्ट्रिय श्रम संगठनले राष्ट्रपति भण्डारीलाई सम्मेलनमा सहभागी हुन नियन्त्रणा गरेकाले त्यसलाई स्विकृत गरिएको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । राष्ट्रपति भण्डारीले सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सरकारले जापान सरकारले नेपालको निजामती कर्मचारीहरुलाई जापान विकासको अध्ययनका लागि हरेक वर्ष उपलब्ध गराउँदै आएको २६ करोड ५३ लाख बराबरको अनुदान सहायता लिन पनि अर्थ मन्त्रालयलाई सहमति दिएको छ । जापानले हरेक वर्ष २० जना नेपालका निजामती कर्मचारीलाई जापानको विकास अध्ययनका लागि आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के मेस्सीले सकिदिएकै हुन् त ‘सर्वकालीन महान’को बहस ?
-
५ निकायलाई खाली राखेर ५ सचिवलाई राखियो जगेडामा
-
बहुदलीय जनवादको अगेनोमा रोटी सेक्ने र दाउरा बोक्नेबिचको द्वन्द्व
-
फरक-फरक स्थानमा तीन जना मृत अवस्थामा फेला, प्रहरीद्वारा अनुसन्धान सुरु
-
रास्वपामा वरीयता : निवर्तमान महामन्त्री बुर्लाकोटी १३औँ स्थानमा
-
सरकारले गर्यो ६ सचिवको सरुवा, अर्याल पुगिन् जगेडामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण