बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

काँग्रेस नेताले दिए प्रचण्डलाई बीपीको उपमा

आइतबार, २८ जेठ २०७४, १७ : ०५
आइतबार, २८ जेठ २०७४
काठमाडौं, जेठ २८ –सांसद भिमसेनदास प्रधानले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विपीको उपमा दिएका छन् । काठमाडौमा आइतबार भएको एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका निवर्तमान प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र, गणतन्त्र, स्थानीय निर्वाचन र विकास निर्माणमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै भने,‘नेपाली काँग्रेसभित्र प्रचण्डजस्तो नेता भएको भए आज विपीले नेतृत्व गरेको काँग्रेसको औचित्य पुष्टि हुने थियो, प्रचण्डजीले देश र जनताको लागि जुनप्रकारको भूमिका खेल्नुभएको छ, यो निकै उदाहरणीय छ ।’ कार्यक्रममा काठमाण्डौं महानगरपालिकाकी उप–मेयर हरिप्रभा खडगीले आफू यूवा पलायन रोक्न र महिलाको हकहितमा पूर्ण रुपमा समर्पित भएर काम गर्ने विश्वास दिलाएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप