बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

सीमाबाट तीन किशोरीको उद्धार, एक विचौलिया पनि समातिए

आइतबार, २८ जेठ २०७४, २० : ४९
आइतबार, २८ जेठ २०७४
कपिलवस्तु, जेठ २८– बैदेशिक रोजगारीको प्रलोभनमा परी भारतर्फ लैजाँदै गरेका तीन किशोरीको कपिलवस्तुको सीमानाका कृष्णनगरबाट उद्धार गरिएको छ । मानव बेचबिखन विरुद्ध कृष्णनगरमा कार्यरत शान्ति पुनस्र्थापना गृह (पीआरसी) ले ती किशोरीहरुको उद्धार गरेको हो । बुटवलबाट भारतको नयाँदिल्लीतर्फ जाँदै गरेको लु ४ ख ६४८६ नम्बरको बसमा चेकजाँचका क्रममा पीआरसीले तीन किशोरीको उद्धार गरेको पीआरसी संयोजक भूमिराज भट्टराई जानकारी दिए । उद्धार गरिएकी किशोरीहरुमा स्याङ्जाकी २५ वर्षे उषा (नाम परिवर्तन), मकवानपुरकी २७ वर्षीय उमा र मोरङकी ३० वर्षीय युवती उर्मिला (नाम परिवर्तन) रहेका छन् । साथै किशोरीहरुलाई दिल्लीसम्म पु¥याउन जाने पाल्पा रामपुर ६ का ४४ वर्षीय जीवलाल गैरेलाई अनुसन्धानका लागि सम्पर्कमा ल्याएको पीआरसी संयोजक भट्टराईले बताए । इलाका प्रहरी कार्यालय कृष्णनगरको सहयोगमा किशोरीहरुलाई उद्धार गर्न सफल भएको भट्टराईको भनाइ छ । किशोरीहरुलाई भारत लैजाने विचौलियालाई प्रहरीको जिम्मा लगाएको भट्टराई जनाए । शुरुमा किशोरीहरुले घुमघामका लागि भारत जान लागेको बताएपनि विस्तृत सोधपुछका क्रममा भारतको बाटो हुँदै कुवेत जान लागेको किशोरीहरुले बयान दिएको बताइएको छ । तीनैजनासँग राहदानी, नागरिकता रहेपनि कुन मेनपावरबाट जान लागेको आफूहरुलाई थाहा नभएको बयानका क्रममा किशोरीहरुले बताएका थिए । विवाह गर्ने, रोजगारीमा लगाइदिने र सीमावर्ती बजारमा किनमेल गर्ने बहानामा युवतीहरुलाई झुक्याई भारततर्फ लैजाने गरेको पाइएकाले ती किशोरीहरुलाई सम्पर्कमा लिएको पीआरसी संयोजक भट्टराईले बताए । दलालहरुले रोजगारीको प्रलोभन दिई सोझा साझा युवतीहरुलाई सीमा नाका पार गर्न नयाँ तरिका अपनाउन थालेकाले सीमाक्षेत्रमा चेकजाँचलाई कडा बनाएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप