बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

प्राविधिक नजाँदा भूकम्प प्रभावितले पाएनन् घर बनाउन

आइतबार, २८ जेठ २०७४, २१ : ३५
आइतबार, २८ जेठ २०७४
सुमित श्रेष्ठ रामेछाप, जेठ २८ – विनासकारी भूकम्प गएको २७ महिना वितिसक्दा पनि रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–४ रजगाउँमा प्राविधिक नपुग्दा अझैसम्म आवास निर्माणको काम सुरु हुन सकेको छैन । निजी आवास निर्माणको लागि सरकारले दिने भनेको अनुदानको पहिलो किस्ता वापतको ५० हजार रुपैयाँ लिए पनि राज्यले निर्धारण गरेको भूकम्प प्रतिरोधी गरेको नक्सा र प्राविधिक नआउँदा घर निर्माण गर्न नपाएको भूकम्प प्रभावितको गुनासो छ । १ सय २५ घर मध्ये १ सय २३ घर माझी समुदायको बसोबास रहेको रजगाउँमा २०७२ वैशाख १२ र १३ गतेको भूकम्पले ७० घरमा पूर्णरुपमा क्षति पु¥याएको थियो । भूकम्प गएपछि निरीक्षणको क्रमम पुगेका प्राविधिकले सो बस्तीमा घर निर्माणको लागि योग्य जमिन नभएको बताए पनि त्यसपछि प्राविधिक फर्केर नआएको स्थानीय सुन्दर माझीले बताए । जिल्ला दैवि प्रकोप उद्धार समितिले सो बस्ती स्थानान्तरण गर्नपर्ने बताए पनि अहिलेसम्म कुनै पहल नहुँदा आपूmहरु घर कहाँ बनाउने भन्ने अन्योलमा रहेको अर्का स्थानीय मानबहादुर माझीले बताए । तामाकोसी नदीको किनारमा रहेको माझी बस्ती निकै होचो भू–भागमा रहेको र बालुवामाथि बस्ती रहेकाले पुनः यही ठाउँमा घर बनाउन हुने नहुेनबारे सल्लाह निल प्राविधिक कुर्दाकुर्दै दुई वर्ष वितेको उनले बताए । प्राविधिक नआएका कारण घर पहिलाकैजस्तो बनाउने हो वा नयाँ नक्सा अनुसार निर्माण गर्ने भन्ने अलमलमा परेको स्थानीय बताउँछन् । सुन्दर माझीले भने– प्राविधिक भेट्न जान पनि उनीहरु कहाँ बस्छन् थाहाँ छैन, नापजाँच नगरि घर बनाउँदा घर पास नहोला भन्ने डरले घर बनाउँन सकेका छैनौं । प्राविधिक नआएको कारण आवास निर्माणको लागि लिएको ५० हजार रुपैयाँ बैंकमा राखेर आपूmहरु पालमुनी बास्न बाध्य भएको कल्पना माझीले बताइन । प्राविधिक आएर नाप जाँच गरिदिए तत्कालैै घर बनाउने सोचमा छौं उनले भनिन् । भूकम्प गएको २७ महिनासम्म पनि रजगाउँको माझी बस्तीमा प्राविधिक नभएको बारेमा जिज्ञासा राख्दा शहरी विकास तथा भवन निर्माण विभाग डिभीजन कार्यालय रामेछापका प्रमुख अमरबहादुर थापाले जिल्लाका २ नगरपालिका र ६ गाउँपालिकाको सबै वडाहरुका लागि प्राविधिक खटाइएको बताए । रजगाउँमा प्राविधिक नपुगेको कुरा पत्रकार मार्फत जानकारी पाएको भन्दै सो बस्तीमा तत्कालै प्राविधिक पठाउने पनि उनले बताए । दुई बर्खाको भलबाढी र दुई हिउँदको चिसो पालमुनी काटिसकेका रामेछापको खाँडादेवि गाउँपालिका ४ का भूकम्प प्रभावित, विपन्न माझी समुदायको २०७४ को बर्खा पनि पालमुनी नै वित्ने पक्का भएको छ । आउँदो बर्खा त पालमनी वित्ने निश्चितै छ, राज्यको ध्यान नपुग्ने हो भने कम्जोर आर्थिक अवस्था भएका माझी समुदायले अझै कति समय पालमुनी काट्नु पर्ने हो निश्चित छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप