बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

आयोगद्वारा खेद प्रकट

सोमबार, २९ जेठ २०७४, ०८ : ३२
सोमबार, २९ जेठ २०७४
काठमाडौँ -  निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवविरुद्ध आइतबार सप्तरी जिल्लाको राजविराजमा नाराबाजी गरेको तथा कालोझन्डा देखाउनेजस्ता अशोभनीय एवम् अभद्र कार्य गरिएकोेमा खेद व्यक्त गरेको छ । जिल्ला निर्वाचन कार्यालयको आयोजनामा मुख्य निर्वाचन अधिकृत, राजनीतिक दलका प्रतिनिधि, सञ्चारमाध्यमका प्रतिनिधि, कार्यालय प्रमुख, सुरक्षाकर्मीलगायत निर्वाचनका सरोकारवालासँगको अन्तक्र्रिया कार्यक्रममा सहभागी हुँदा कार्यक्रमस्थल प्रमुख जिल्ला अधिकारीको बङ्गलातर्फ जाँदै गर्दा केही राजनीतिक दलका उच्छृङ्खल कार्यकर्ताले प्रमुख निर्वाचन आयुक्तविरुद्ध नाराबाजी गर्ने तथा कालोझन्डा देखाउनेजस्ता अशोभनीय एवम् अभद्र व्यवहार देखाएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । जिल्लास्थित प्रमुख जिल्ला अधिकारी तथा सुरक्षाकर्मीको सुझबुझपूर्ण कार्य एवम् राम्रो सुरक्षा व्यवस्थाको कारण सुव्यवस्थित तरिकाबाट कार्यक्रम सञ्चालन भएको आयोगले जनाएको छ । तराई–मधेस जिल्लामा स्थानीय तहको निर्वाचनप्रति जनताको व्यापक उत्साह र निर्वाचनको सकारात्मक वातावारण बन्दै गएको अवस्थामा यस प्रकारका गतिविधिबाट लोकतान्त्रिक अभ्यासको माध्यमबाट आफ्ना जनप्रतिनिधि निर्वाचन गर्ने तथा जनप्रतिनिधिका रुपमा निर्वाचित हुने जनताको अधिकारलाई कुण्ठित पार्न खोज्नु अलोकतान्त्रिक एवम् अमर्यादित व्यवहार भएकाले यस प्रकारका गतिविधि नगरी निर्वाचनको सहज वातावरण बनाउने कार्यमा सहयोग पु¥याउन सम्पूर्ण सरोकारवालामा आयोगले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप