'द केटु'का पत्रकारलाई उनकै गृहजिल्लामा यसरी मारियो
सोमबार, २९ जेठ २०७४, ०८ : ३८
एजेन्सी, जेठ २९ - पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पाख्तुनख्वमा आइतबार भएको अज्ञात बन्दुकधारीको आक्रमणमा परी एक पत्रकार मारिएका छन् ।
द केटु टाइम्स पत्रिकाका पत्रकार बकसिस अहमद उनकै गृहजिल्ला हरिपुरमा मारिएका प्रहरीले जनाएको छ ।
राजधानी इस्लामावादबाट एक सय किलोमिटर उत्तरपश्चिममा पर्ने हरिपुरस्थित काफ्नो कार्यालयतर्फ गइरहेका ती पत्रकारलाई मोटरसाइकलमा आएका बन्दुकधारीले गोली प्रहार गरी भागेका थिए ।
छातीमा गोली लागी उनको घटनास्थलमै मृत्यु भएको थियो । आक्रमणको जिम्मा कुनै समूहले लिएको छैन ।
पाकिस्तानमा गत १५ बर्षयत भएका विभिन्न आक्रमणमा कम्तीमा ११७ जना पत्रकार मारिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के मेस्सीले सकिदिएकै हुन् त ‘सर्वकालीन महान’को बहस ?
-
५ निकायलाई खाली राखेर ५ सचिवलाई राखियो जगेडामा
-
बहुदलीय जनवादको अगेनोमा रोटी सेक्ने र दाउरा बोक्नेबिचको द्वन्द्व
-
फरक-फरक स्थानमा तीन जना मृत अवस्थामा फेला, प्रहरीद्वारा अनुसन्धान सुरु
-
रास्वपामा वरीयता : निवर्तमान महामन्त्री बुर्लाकोटी १३औँ स्थानमा
-
सरकारले गर्यो ६ सचिवको सरुवा, अर्याल पुगिन् जगेडामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण