अमेरिकाभरका सबै संघीय सरकारका उपकरणहरूमा टिकटक प्रतिबन्ध
टिकटकलाई ‘उच्च जोखिम’ सुरक्षा चिन्ताको रूपमा उद्धृत गर्दै चिनियाँ एपलाई अमेरिकाभरि सबै संघीय सरकारका उपकरणहरूमा प्रतिबन्ध लगाइएको छ । अपवादको रूपमा कानून प्रवर्तन र राष्ट्रिय सुरक्षा एजेन्सीहरूले यो एपलाई सुरक्षा अनुसन्धान उद्देश्यका लागि विशेष अवस्थामा प्रयोग गर्न सक्नेछन् ।
यस निर्णयको अर्थ भनेको झन्डै ४० लाख सरकारी कर्मचारीहरूले टिकटकलाई अनिवार्य रूपमा मोबाइल उपकरणहरू र उनीहरूलाई जारी गरिएका अन्य ग्याजेटहरूबाट हटाउनु पर्ने हुन्छ । बाइडेनको भर्खरै हस्ताक्षर गरिएको १ दशमलब ७ ट्रिलियन खर्च बिलमा बाइटडान्सको स्वामित्वमा रहेको एपलाई निषेध गर्ने प्रावधान समावेश छ । सरकारको निर्णयको टिकटकका प्रवक्ताले विरोध गरेका छन् ।
‘हामी निराश छौं कि कंग्रेसले सरकारी उपकरणहरूमा टिकटकलाई प्रतिबन्ध लगाउने कदम चालेको छ । प्रशासनलाई यसको राष्ट्रिय सुरक्षा समीक्षाको निष्कर्षमा पुग्न प्रोत्साहित गर्नुको सट्टा यो राजनीतिक इशाराले राष्ट्रिय सुरक्षा हितलाई अगाडि बढाउन केही गर्दैन’, टिकटकका प्रवक्ता ब्रुक ओबरवेटरले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण