सुविधानगरमा युवकमाथि चक्कु प्रहार
आइतबार, १७ पुस २०७९, ११ : ३८

काठमाडौं । काठमाडौं महानगरपालिका–२३ सुविधानगरमा एक जना युवकलाई अपरिचित समूहले चक्कु प्रहार गरेका छन् । चक्कु प्रहारबाट गोरखा घर भएर सिनामंगल बस्ने २१ वर्षीय निखिल भुजेल घाइते भएका छन् ।
उनको कान्तिपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
शनिबार साँझ आठ–दश जनाको समूहले सुविधानगरस्थित बागमती करिडोरमा भुजेललाई चक्कु प्रहार गरेर भागेका थिए । निखिलको दायाँ छातीमा चोट लागेको छ । घटनामा संलग्नहरु फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधेयकका सिद्धान्त र बजेटबारे रास्वपाको कार्यशाला
-
‘आजको दिनमा नेपालले डिजिटल पब्लिक इन्फाट्रक्चरमा काम गर्नुपर्छ’
-
पाँचथरबाट ‘जारी २’को छायाङ्कन सुरु
-
सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण (तस्बिरहरू)
-
गिरुवारी खोलामा पुल भाँचिदा रोकिएका सवारी वैकल्पिक बाटोबाट सञ्चालन
-
‘के वन क्रुस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’