लागुऔषधको हब बन्दै जुम्ला
जुम्ला । जुम्लामा लागुऔषधको प्रयोग र करोबार बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार प्रहरी प्रशासनले लागुऔषध नियन्त्रण गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आए पनि यसको कारोबार र प्रयोगकर्तामा कमी हुन सकेको छैन ।
लागुऔषध कारोबार र प्रयोगकर्तामा नयाँ पुस्ताको संलग्नता देखिएको डीएसपी नरेन्द्र चन्दले बताए । उनका अनुसार विद्यालय र एसईईका लागि खोलिएका ट्युसन सेन्टरमा पढ्ने विद्यार्थीलाई मध्यनजर गर्दै लागुऔषध प्रयोग गर्दा हुने नोक्सानीका विषयमा सचेतना कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
लागुऔषधको प्रयोग र कारोबार निर्मुल पार्न जुम्लाका ८ वटै स्थानीय तहमा पुगेर अन्तरक्रिया गरिने उनले बताए । जस अन्तर्गत पहिलोपटक सिंजा गाउँपालिकाबाट अन्तरक्रिया सुरु भएको छ ।
डीएसपी चन्दले सिंजा गाउँपालिकाका जनप्रतिनिधि र विद्यालयका प्रधानाध्यापक बीच लागु औषध निर्मुल पार्न अन्तरक्रिया कार्यक्रम गरिएको बताए । उनका अनुसार परिवार तथा अभिभावकको हेलचक्य्राई र निगरानी अभावमा किशोरावस्थाका पुस्ता लागुऔषधको लतमा फस्दै जान थालेका हुन् ।
जुम्ला प्रहरीका अनुसार लागुऔषधको लतमा फस्नेहरु १८ वर्षदेखि ४० वर्ष उमेर समूहका बढी छन् ।
जुम्लामा आर्थिक वर्ष २०७७÷०७८ मा ब्राउनसुगर र चरेस गरी ५ वटा लागुऔषधका मुद्दा दर्ता भएका छन् । त्यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा ब्राउनसुगर र चरेस गरी ७ वटा मुद्दा दर्ता भएका छन् । चालु आर्थिक वर्षमा ब्राउन सुगर र चरेसका ४ वटा मुद्दा दर्ता भएका छन् ।
जुम्ला प्रहरीका अनुसार तीन वर्ष यता लागुपदार्थ कारोबार र प्रयोगमा १८ देखि ४० वर्ष उमेरका ४४ जना पक्राउ परेका छन् । त्यस्तै १८ वर्ष भन्दा मुनिका ३ जना पक्राउ परेका छन् । ४० देखि ६० वर्षका २ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीले निगरानी बढाएसँगै प्रयोगकर्ता पक्राउ पर्ने र मुद्दा दर्ताको संख्यासमेत बढ्ने गरेको जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले बताए । उनले भने, ‘जुम्ला लागुऔषधको हब बन्दै छ । कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरु लागुऔषधको लतमा फसेको पाइन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण