समाचार
छिट्टै निजगढ विमानस्थलको निर्माण सुरु गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा
आइतबार, १७ पुस २०७९, १५ : १४
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै निजगढ विमानस्थलको निर्मण सुरु गर्ने घोषणा गरेका छन् । आज पोखरामा आयोजित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले छिट्टै निजगढ अन्तरास्ट्रिय विमानस्थलको निर्माण सुरु गर्ने घोषणा गरेका हुन् ।
उनले भने, ‘पोखरामा तेस्रो विमानस्थल सञ्चालनमा अएको छ। अब छिट्टै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु गर्नेछौ ।’ सोही क्रममा प्रधानमन्त्री प्रचण्डले तेस्रो विमानस्थल सञ्चालनमा आएसङ्गै पोखरा सिधै अन्य मुलुकसँगको पहुँचमा जोडिएको बताए । पोखरा विमानस्थल सञ्चालनमा आएसँगै पोखराको विकास र समृद्धिको चाहना थप मजवुत भएको समेत उनले बताए ।
यस्तै आफ्नो जन्मभूमि समेत कास्की भएकाले यस क्षेत्रको विकासका लागि प्रधानमन्त्रीको रुपमा थप पहल गर्ने प्रधानमन्त्रीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण