७ करोडको लागतमा सेती प्रादेशिक अस्पतालमा सीटी स्क्यान सेवा सुरु
सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालको रुपमा रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सीटीस्क्यान सेवा सुरु भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आइतबार एक कार्यक्रमका बीच सीटीस्क्यान मेसिनको उद्घाटन गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्नै मुख्यमन्त्री भटट्ले सुदूरपश्चिम प्रदेश सरकार संस्थागत भएपछि सेती प्रादेशिक अस्पताललगायत अन्य अस्पतालमा लगानी बढाएको बताए । अस्पतालको सेवामा गुणस्तरीयता बढ्दै गएको बताउँदै उनले प्रदेश सरकार नहुँदाको अवस्थामा अभावैअभाव रहेको र हाल प्रदेश सरकारकै बजेटमा आईसीयू, भेन्टिलेटरलगायतका ठूलाठूला उपकरण जडान भएको दावी गरे । प्रदेश सरकारकै लगानीमा अब एमआरआई मेसिन समेत आउन लागेको भट्टको भनाइ छ ।
अस्पतालमा ७ करोड बढी लागतमा सीटीस्क्यान मेसिन खरिद गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। हेमराज पाण्डेले बताए । दक्ष जनशक्ति अभावका कारण खरिद भएको लामो समयसम्म सञ्चालन नभएको मेसिन मंगलबारबाट सञ्चालनमा आएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण