७ करोडको लागतमा सेती प्रादेशिक अस्पतालमा सीटी स्क्यान सेवा सुरु

सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालको रुपमा रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सीटीस्क्यान सेवा सुरु भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आइतबार एक कार्यक्रमका बीच सीटीस्क्यान मेसिनको उद्घाटन गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्नै मुख्यमन्त्री भटट्ले सुदूरपश्चिम प्रदेश सरकार संस्थागत भएपछि सेती प्रादेशिक अस्पताललगायत अन्य अस्पतालमा लगानी बढाएको बताए । अस्पतालको सेवामा गुणस्तरीयता बढ्दै गएको बताउँदै उनले प्रदेश सरकार नहुँदाको अवस्थामा अभावैअभाव रहेको र हाल प्रदेश सरकारकै बजेटमा आईसीयू, भेन्टिलेटरलगायतका ठूलाठूला उपकरण जडान भएको दावी गरे । प्रदेश सरकारकै लगानीमा अब एमआरआई मेसिन समेत आउन लागेको भट्टको भनाइ छ ।
अस्पतालमा ७ करोड बढी लागतमा सीटीस्क्यान मेसिन खरिद गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। हेमराज पाण्डेले बताए । दक्ष जनशक्ति अभावका कारण खरिद भएको लामो समयसम्म सञ्चालन नभएको मेसिन मंगलबारबाट सञ्चालनमा आएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उखुमा अनुदान कटौतीले मारमा किसान, चिनी उद्योग के होला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन