विधि मर्दै जाने र व्यक्तिका इच्छा हावी हुँदा पार्टी कमजोर भयो : सरल सहयात्री
नेकपा माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष तथा प्रदेश सांसद सरल सहयात्री पौडेलले पार्टीभित्र विधि मर्दै जाने र व्यक्तिका इच्छा हाबी हुँदै गएपछि पार्टी कमजोर भएको बताएका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले आफू रहेसम्म निरन्तर पार्टीभित्र वैचारिक रूपमा प्रस्तुत हुने बताएका हुन् ।
‘यसपटक पार्टी भित्रबाट र व्यक्तिगत रूपमा मलाई सहानुभूति राख्ने धेरैले बागमती प्रदेशको संसदीय दल नेताका रूपमा देख्ने चाहना राखेको महसुस गरेको थिएँ । उहाँहरु सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । ज–जसलाई मैले हतारो गरें, ओभरस्मार्ट भएँ, घमण्डीपन देखाएँ र कतिपय नेताका व्यक्तिगत आग्रह नमानेर गलत गरें भन्ने लागेको छ उहाँहरुको मप्रतिको सबैखाले धारणाप्रति उच्च सम्मान गर्दै सत्यताको हदसम्म महसुस गर्ने र बाँकी विषयलाई अनुभवको सम्पत्ति बनाएर राख्नेछु,’ उनले लेखेका छन्, ‘मेरो जोड आज, भोलि र निरन्तर आफू रहेसम्म पनि वैचारिक एवं निश्चित उद्देश्य एवं लक्ष्यहरुसँग सम्बन्धित रहेर स्वतन्त्र निर्णय लिन सक्ने आत्मनिर्भर कार्यकर्तासहितको सबल पार्टी निर्माण नै हो । म सरल सहयात्री भनेर चिनिएको छु भने यही पार्टी र आन्दोलनका कारण चिनिएको छु ।’
उनले आफू बागमती प्रदेश अध्यक्ष भएदेखि कतिपय सन्दर्भमा विधिमाथि कम्परमाईज गरेका कारण स्थानीय नेता कार्यकर्तामा अन्याय हुन गएको पनि उल्लेख गरेका छन् ।
‘आगामी दिनमा आफू मातहत पार्टीभित्रको आन्तरिक जनवादको पूर्ण रक्षक हुनेछु । यसका लागि आजको अपडेटे पार्टी निर्माणका निम्ति ‘मिसन ११९’ अर्थात बागमती प्रदेशको ११९ वटा पालिकास्तरीय पार्टीलाई सबलीकरण गर्ने अभियानमा लाग्नेछु । समग्र वैचारिक विषय हल नगरी समाधान आउँदैन भन्दै आफ्नै तालमा सुतिरहनेहरुको ठूलो पंक्ति हाबी नै छ,’ उनले भने, ‘मिसन ११९’ अभियानलाई सफल पार्न पार्टीप्रति निस्वार्थ भाव बोकेका, आर्थिक प्रलोभन नराख्ने, सबैखाले स्थानीय स्तरमा हुने अनियमितता, विभेद र भ्रष्टाचारको विरुद्धमा आवाज उठाउन र खबरदारी गर्न नैतिक बल भएका सबै कमरेडहरुलाई स्वयंसेवकीय साथ दिनुहुन विशेष अनुरोध गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण