मन्त्री बन्दिन पार्टी सुदृढीकरणमा लाग्छु : उपमहासचिव पुन
आइतबार, १७ पुस २०७९, २० : १४
सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले मन्त्री नबनेर पार्टी सुदृढीकरणमा लाग्ने बताएका छन् । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई सफल बनाउन लाग्ने र पार्टीको संगठन सुदृढकरणमा भूमिका खेल्ने बताए ।
एमालेसँग गठबन्धन गरेर सरकार निर्माणमा भूमिका खेलेका नेता पुनले मन्त्री नभएरै पनि काम गर्न सकिन्छ भन्ने आफूलाई लागेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाउँदा मन्त्रिपरिषद्मा मर्याक्रम नमिलेकोमा नेता पुन असन्तुष्ट रहेको बताइएको थियो । तर उनले भने त्यस्तो नभएको जिकिर गरका छन् ।
पुनले राजनीतिक जटिलताका बीच वर्तमान सरकार गठन भएको भन्दै सुशासन, भ्रष्टाचार नियन्त्रण र जनताको विकासको चाहना सरकारको पहिलो प्राथमिकता भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण