शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सभापति देउवाद्वारा बस्नेतको निधनप्रति दुःख व्यक्त

सोमबार, १८ पुस २०७९, ०५ : २७
सोमबार, १८ पुस २०७९

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य अम्बिका बस्नेतकी ममतामयी आमा कपिलकुमारी बस्नेतको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

कपिलकुमारी बस्नेतको आइतबार काठमाडौंस्थित आफ्नै निवासमा ९८ वर्षको उमेरमा निधन भएको हो ।
 
सभापति देउवाले शोक विज्ञप्तिमार्फत उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामनाका साथ केन्द्रीय सदस्य बस्नेतलगायत शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप