तोकिए बमोजिमको राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व सङ्कलनको वर्तमान अवस्था एवम् तोकिए बमोजिमको राजस्व सङ्कलनको लक्ष्य हासिल चाल्न आन्तरिक राजस्व विभाग र भन्सार विभाग अन्तर्गतका सबै कार्यालयका प्रमुख एवम् कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
अर्थमन्त्री पौडेलले राजस्वको लक्ष्य र सङ्कलनको अन्तर ठुलो रहेको हुँदा लक्ष्य बमोजिमको राजस्व सङ्कलन गर्न राजस्व प्रशासनमा कार्यरत सबैको साझा प्रतिबद्धताका लागि बैठकको आयोजना गरिएको बताउँदै सबैलाई आ-आफ्नो परिभाषित जिम्मेवारी पुरा गर्न निर्देशन दिए । दैनिक रूपमा राजस्व सङ्कलनमा उल्लेखनीय सुधार आउनुपर्ने र हालसम्मको राजस्वको न्यूनता पुरा गरी लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सोही बमोजिमको कार्ययोजना तयार गरी कार्य सम्पादन गर्न निर्देशनसमेत पौडेलले दिएका छन् ।
उनले राजस्व परिचालनका लागि विभाग तथा कार्यालयहरूलाई मन्त्रालयबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण हुने उल्लेख गर्दै कर कानुनको परिपालना गराउँदा गल्ती गर्नेलाई छुट नदिन तथा निर्दोषलाई त्रसित नपार्न समेत निर्देशन दिए । उनले स्थानीय प्रशासन र सुरक्षा निकायसँगको समन्वयमा सीमा नाकाबाट हुने चोरी पैठारी नियन्त्रण गर्न र व्यापार सहजीकरण गर्दै भन्सार जाँचपासलाई वास्तविक र यथार्थपरक बनाउन निर्देशन दिए।
त्यस्तै, कार्यालयहरुका लागि तोकिएको कार्यगत सूचकहरू प्राप्तिमा केन्द्रित हुन र करदातालाई कर तिर्ने सहज वातावरण सिर्जना गरी कर परिपालना बढाउन निर्देशन दिए । सुशासन, सदाचारिता, नैतिकता, इमानदारिता र व्यावसायिकतालाई मूलमन्त्र मानी कार्य गर्न समेत निर्देशन दिए।
भर्चुअल माध्यमबाट आयोजना गरिएको उक्त कार्यक्रममा अर्थ सचिव, राजस्व सचिव, मन्त्रालयका महाशाखा प्रमुख, विभागीय प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशकले तोकिए बमोजिमको राजस्व लक्ष्य हासिल गर्न प्रतिबद्धता जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण