बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ

बुधबार, ०६ साउन २०८३, ०७ : २७
बुधबार, ०६ साउन २०८३

सारांश

  • कांग्रेसले जननायक वीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा 'ग्रिन रन' प्रतियोगिता शुभारम्भ गरेको छ।
  • सभापति गगन थापाले ललितपुरस्थित युएन पार्कनजिकबाट सुरु हुने र जावलाखेलमा पुगेर सकिने दौड प्रतियोगिताको शुभारम्भ गरेका हुन्।
  • जलवायु सचेतना जगाउने उद्देश्यले कांग्रेसले यो प्रतियोगिता आयोजना गरेको हो।

काठमाडौँ । नेपाली कांग्रेसले जननायक वीपी कोइरालाको ४४औँ स्मृति दिवसका असरमा  ‘ग्रीन रन’ प्रतियोगिता शुभारम्भ गरेको छ । सभापति गगन थापाले प्रतियोगिताको शुभारम्भ गरेका हुन् । 

ललितपुरस्थित युएन पार्कनजिकबाट सुरु हुने दौड जावलाखेलसम्म पुगेर सकिनेछ। जलवायु सचेतना जगाउन भन्दै कांग्रेसले ग्रीन रन आयोजना गरेको हो।

पार्टीले आजै  राष्ट्रिय सभागृहमा ‘नवीन परिस्थिति : नवीन सङ्कल्प, नवीन अभियान’ विषयक विचार गोष्ठी आयोजना गर्ने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप