आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिको निर्वाचनबारे प्रधानमन्त्री र आयोग पदाधिकारीबीच छलफल

सोमबार, १८ पुस २०७९, ११ : २५
सोमबार, १८ पुस २०७९

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आगामी फागुनमा रिक्त हुने राष्ट्रपति र उपराष्ट्रपति पदका लागि एक महिना अगावै निर्वाचन गर्नुपर्ने प्रावधान छ । सोही विषयमा प्रधानमन्त्रीसँग आयोगका पदाधिकारीहरुले छलफल गरेको छलफलमा सहभागी उपप्रधान तथा अर्थमन्त्री समेत रहेको विष्णु पौडेलले जानकारी दिए । 

‘राष्ट्रपति, उपराष्ट्रपति र एक रिक्त राष्ट्रिय सभा सदस्य पदको निर्वाचनबारे आयोगका पदाधिकारीले छलफल गर्नुभएको छ’, अर्थमन्त्री समेत रहेका एमाले नेता पौडेलले छलफलपछि सञ्चारकर्मीलाई जानकारी दिए । 
छलफलमा प्रधानमन्त्रीसहित गृहमन्त्री रवि लामिछाने र  अर्थमन्त्री विष्णु पौडेल सहभागी रहेका थिए । गृहमन्त्री रवि लामिछानेले राष्ट्रपति उपराष्ट्रपति निर्वाचनबारे गृहमन्त्रालयले आयोगसँग समन्वय गरेर मिति तोकिने जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप