राष्ट्रपतिको निर्वाचनबारे प्रधानमन्त्री र आयोग पदाधिकारीबीच छलफल
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आगामी फागुनमा रिक्त हुने राष्ट्रपति र उपराष्ट्रपति पदका लागि एक महिना अगावै निर्वाचन गर्नुपर्ने प्रावधान छ । सोही विषयमा प्रधानमन्त्रीसँग आयोगका पदाधिकारीहरुले छलफल गरेको छलफलमा सहभागी उपप्रधान तथा अर्थमन्त्री समेत रहेको विष्णु पौडेलले जानकारी दिए ।
‘राष्ट्रपति, उपराष्ट्रपति र एक रिक्त राष्ट्रिय सभा सदस्य पदको निर्वाचनबारे आयोगका पदाधिकारीले छलफल गर्नुभएको छ’, अर्थमन्त्री समेत रहेका एमाले नेता पौडेलले छलफलपछि सञ्चारकर्मीलाई जानकारी दिए ।
छलफलमा प्रधानमन्त्रीसहित गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री विष्णु पौडेल सहभागी रहेका थिए । गृहमन्त्री रवि लामिछानेले राष्ट्रपति उपराष्ट्रपति निर्वाचनबारे गृहमन्त्रालयले आयोगसँग समन्वय गरेर मिति तोकिने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण