किन छाडे विपिनले बलिउड फिल्म ‘एनिमल’ ?

विश्वको आकर्षणको केन्द्र बलिउडका लागि नेपाली कलाकार मरिहत्ते गर्छन् । त्यसको पछिल्लो उदाहरण अभिनेता विपिन कार्की पनि हुन् । विपिनले २ बर्षदेखि बलिउड फिल्म ‘एनिमल’ का लागि व्भििन्न मिहिनेत गरे । अहिले आएर उनले फिल्म छोडेका छन् ।
विपिनले ‘कबीर सिंह’ निर्देशन सन्दिप रेड्डी वंगाको फिल्म ‘एनिमल’ दुई व्र्ष अगाडि साइन गरेका थिए । त्यसका लागि उनी नेपाल र मुम्बई धेरैपटक ओहार दोहोर पनि गरे । बलिउड फिल्मको चक्करमा उनले धेरै नेपाली फिल्म छोडे । तर अहिले भने उनले बलिउड फिल्म ‘एनिमल’ छोडेका छन् ।
विपिन अहिले फिल्म ‘प्रसाद २’ को छायांकनमा व्यस्त छन् । यही समय उनलाई फेरि ‘एनिमल’ का लागि बोलावट आएको थियो । व्यस्तताका कारण उनले बलिउड फिल्मबाट हात झिकेको छन् । रणवीर कपूर, अनिल कपूर, रश्मिका मन्दना जस्ता नामी कलाकारको अभिनय रहेको फिल्मबाट डेब्यू गर्दा बलिउडले आफूलाई स्वीकार गर्ने उनको विश्वास थियो । तर नेपालमै भ्याइनभ्याइ भएका कारण आफुले फिल्म नगर्ने जवाफ दिएको विपिनले बताए ।
विपिनका अनुसार उनलाई ६ दिनभित्रै बोलाइएको थियो । यहाँ सुटिङ भइरहेको प्रसाद २ अभैm १४ दिन छाड्न नमिल्ने भएका कारण ‘एनिमल’ छोडेका हुन् । यतिबेला विपिनको हातमा नेपाली फिल्म ‘डामाडोल’, ‘चंगा चेट २’, ‘महाजात्रा’, ‘विवेक’ लगायत आधा दर्जन बढी फिल्म छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमाललाई ‘ब्राण्डिङ’ गरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्छ: प्रमुख खापुङ्ग
-
वार्षिक एक करोडभन्दा बढीको माछा कारोबार गर्दै भवानीशङ्कर
-
विपद्मा परी मधेसमा चालु आर्थिक वर्षमै ४ सय २२ को मृत्यु
-
भारतीय राजदूत क्रिकेट प्रतियोगिता सम्पन्न
-
नेपालको हार तर बने यी रेकर्ड
-
१२ बजे १२ समाचारः बागमतीमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट, ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल