सचिवहरूलाई प्रधानमन्त्रीको प्रश्न : विकासका काम कसरी भइरहेका छन् ?
काठमाडौँ । सरकारी काम कारबाही र समस्याबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पहिलो दिन भएको छलफलमा सचिवहरूले आआफ्ना मन्त्रालयमा भइरहेको काम र समस्याका बारेमा संक्षिप्त धारणा राखेको मुख्यसचिव शंकरदास वैरागीले जानकारी दिए ।
‘हामी छलफलकै क्रममा छौ । विभिन्न मन्त्रालयहरूबाट संक्षेपमा प्रस्तुति भएको छ । केहीको बाँकी नै छ । भोलि सबैको लिइसकेपछि प्रधानमन्त्रीज्यूबाट जे आउँछ त्यो सार्वजनिक हुन्छ’, मुख्यसचिव वैरागीले भने,‘ सरकार प्रमुखका रूपमा मन्त्रालयहरूमा कसरी काम भइरहेको छ ? भनेर जिज्ञासा राख्नुभयो ।’
त्यसक्रमा प्रधानमन्त्रीले विकासको गति कसरी अघि बढेको छ ? जनताले पाउने सेवा सुविधाहरू कसरी पाइरहेका छन् ? भनेर सरकार प्रमुखको हैसियतले ब्रिफिङ लिएका हुन् । छलफल भोलि पनि हुनेछ । त्यसपछि प्रधानमन्त्रीले आवश्यक निर्देशन दिने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण