जलविद्युत लगायत सरकारबाट स्वीकृतिप्राप्त क्षेत्रमा बीमाको लगानीको बाटो खुल्यो
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले जनताको हितका लागि पालिकाहरूले सेवासँग आबद्ध गरेर सबैले बीमा गर्नै पर्ने बाध्यात्मक व्यवस्था गर्नुपर्ने बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागत गर्दै अध्यक्ष सिलवालले पालिकाहरूले बजेटको १० प्रतिशत रकम बीमाका लागि छुट्याउनुपर्ने बताए ।
‘हाल बीमाक्षेत्रमा धेरै परिवर्तन आएका छन् । सरकार, प्रदेश सरकार र स्थानीय सरकारले बीमाका बारेमा बुझ्दै गएका छन् । राष्ट्रिय बीमा नीति कार्यान्वयमा आएपछि सरकारका लागि समेत बीमा बाध्यकारी बन्छ । प्रदेश र पालिकाहरूले पनि बीमा सम्बन्धी जनचेतना अभिवृद्धिमा जोड दिनुपर्छ । यसबाट हामी खोजिरहेको गन्तव्यमा पुग्नसक्छौँ,’ अध्यक्ष सिलवालले भने, ‘सरकारले आफ्नो जिम्मेवारी बाहेकका आर्थिक जोखिम बीमामार्फत बीमा कम्पनीहरूमा हस्तान्तरण गर्नुपर्छ ।’
सबै सरकारी सम्पत्तिको बीमा हुनुपर्ने बताउँदै अध्यक्ष सिलवालले भने ‘प्राधिकरणले बीमा क्षेत्रको लगानी विविधीकरणका लागि निर्देशिकाहरू जारी गरेको छ । यसबाट जलविद्युत लगायत सरकारबाट स्वीकृतिप्राप्त क्षेत्रमा बीमा कम्पनीहरूले लगानी गर्ने बाटो खुलेको छ । कम्पनीहरूले सहायक कम्पनी बनाएर पनि लगानी गर्न सक्ने व्यवस्था गरिएको छ’ उनले भने ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले चालू आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा बीमाको दायरामा आउने जनसंख्या (म्यादी, लघुम्यादी र वैदेशिक रोजगार बीमालेख समेत) बढेर ४४ प्रतिशत पुगेको जानकारी दिए ।
चालू आर्थिक वर्षको मङ्सिर मसान्तसम्मा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमाशुल्क सङ्कलन २.३९ प्रतिशत र निर्जीवन बीमाशुल्क सङ्कलन ३.५८ प्रतिशतले बढी कूल बीमाशुल्क संकलन २.६४ प्रतिशतले वृद्धि भएको उनले बताए ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का अध्यक्ष मोदनाथ ढकालले आर्थिक पत्रकारहरूको क्षमता अभिवृद्धिका साथै बीमासम्बन्धी अध्ययन अनुसन्धान र जनचेतना अभिवृद्धिका विषयमा प्राधिकरण र नाफिजबीच नियमितरुपमा सहकार्य हुनुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मी र निर्देशक पूजन ढुङ्गेल (अधिकारी) तथा नाफिजको नवनिर्वाचित कार्यसमितिका सबै पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
-
राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएन : अध्यक्ष विश्वकर्मा
-
३ देश, ४८ टोली र नयाँ नियमसहित इतिहासकै सबैभन्दा ठुलो फुटबल महोत्सव
-
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
-
निर्देशक देउजा र अभिनेत्री सिंहलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण