नेप्से १७ अंकले बढ्यो, कारोबार २ अर्बमा सीमित
लगातार दोस्रो दिन पनि सेयर बजार परिसूचक नेप्सेमा १७ अंकको वृद्धि भएको छ । अघिल्लो दिन १७ अंकले बढ्दै २०४६ विन्दुमा पुगेको नेप्से सूचक पुनः सोमबार पनि १७ अंकले नै बढ्दै २०६३.८३ अंकको विन्दुमा उक्लिएको हो ।
तर, अघिल्लो दिनको तुलनामा आज कारोबार रकम भने घट्न पुगेको छ । आइतबार ४ अर्ब ४ करोड ८८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज २ अर्ब ९६ करोड रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।
आज पनि नबिल बैंक उच्च कारोबार हुने कम्पनीको शीर्ष स्थानमा रहँदै १६ करोड ८४ लाख ५१ हजार रुपैयाँ बराबर गरेको छ । यस्तै, दोस्रोमा हिमालय डिस्टिलरीको १६ करोड ६४ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज म्यानु एण्ड प्रो, मुचुअल फन्ड र अन्य समूहको उपसूचक बाहेक १० वटा उपसूचक धनात्मक भएका छन् । धौलागिरि लघुवित्त वित्तीय संस्था र सृजनशील लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले आज १०÷१० प्रतिशतले कमाएका छन् भने एनएमबी५० का लगानीकर्ताले ४.८० प्रतिशतले गुमाउन पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण